Comments Add Comment

हिम इलेक्ट्रोनिक्सले बजारमा ल्यायो ग्यालेन्ज एसी

६ फागुन, काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ किफायती मोडल “ग्यालेन्ज” बजारमा ल्याएको छ । ग्यालेन्ज एसी अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा इनर्जि सेभिङ जस्ता विशेषता छन् ।

ग्यालेन्ज एसीमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ। हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन् । यी एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध छन् ।

१९७८ मा स्थापना भएको ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । ग्यालेन्ज सधैँ विकास रणनीतिका लागि परिश्रम र परिवर्तनमा जोर दिँदै अर्थनीतिमा ध्यान पुर्‍याई घरायसी विद्युतीय सामाग्री उत्पादनमा केन्दि्रत रहेको कम्पनीले जनाएको छ ।

१९८८ मा स्थापना भएको हिम इलेक्ट्रोनिक्स प्रा.लि. गोल्छा सङ्गठनको एक महत्वपूर्ण अंग हो । उपभोत्तामाझ एक विश्वासिलो नामको रुपमा रहन सफल हिम इलेक्ट्रोनिक्स सामसङ, हिमस्टार, बजाज इलेक्ट्रोनिक्स, टाइमेक्स, अहुजा, ओस्राम र हालै ग्यालेन्जजस्ता उत्पादनको आधिकारिक वितरक पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment