Comments Add Comment

म साथी बनाउँदा नै विचार गर्छुः श्रेया सोताङ


अहिलेकी चर्चित गायिका हुन्, श्रेया सोताङ । नारायणगढदेखि पश्चिमका जिल्लाहरुमा सांगीतिक कार्यक्रम गरेर फर्किएकी श्रेया अहिले आराम गर्दै छिन् । १० दिनपछि सुरु हुने कार्यक्रमका लागि इनर्जी बटुलिरहेको उनको भनाई छ । उनै गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
सात, साँढे सातसम्म हुन्छ ।

उठेपछि ?
अहिले घरमै हल्का एक्सरसाइज गर्छु ।

चिया अनि ब्रेकफाष्ट ?
चिया त उठ्ने बित्तिकै पिउँछु । म कालो चिया मात्र पिउँछु । ब्रेकफाष्ट नौ बजे हुन्छ । एउटा स्याउ अथवा अमलेट खान्छु ।

घर बसेको बेला के गरेर समय बिताउनुहुन्छ ?
संगीत सुन्छु । किताब पढ्छु, अनलाइनहरु हेर्छु । घरको काम सबै गर्छु ।

घरको काम के-के गर्नुहुन्छ ?
प्रायः खाना म आफैं बनाउँछु । मैले बनाएको मःम विशेष हुन्छ । नेपाली दालभात पनि राम्रो बनाउँछु ।

कुन खानेकुरा खान मन पर्दैन ?
मलाई स्कुशको जरा, घ्यु सिमी, सिम साग पटक्कै मन पर्दैनँ । मैले खाना बनाउँदा अरुका लागि बनाइदिन्छु तर, म खान्नँ ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
ठिकै । बेला बेलामा अपडेट हुन्छु । तर, पुरै फेसबुकमै दिन बिताउने गरेकी छैन ।

ब्लक कतिलाइ गर्नु भयो ?
अहिलेसम्म एकजनालाइ पनि गर्न परेको छैन । म साथी बनाउने बेलामा नै विचार गरेर मात्रै रिक्वेष्ट एसेप्ट गर्छु ।

के गर्दा रमाईलो हुन्छ ?
जब म म्युजिकमा जोडिन्छु । म्युजिक सुन्दा होस् या म्युजिकसँग सम्बन्धित काम गर्दा होस् । स्टेजमा सहभागी हुँदा पनि मलाई उत्तिकै रमाईलो लाग्छ ।

मन परेको ठाउँ ?
मलाई नाम्चे, लुक्ला, जोमसोङ निकै मनपर्छ । जोमसोङमा त मैले आफ्नो भिडियो सुटिङ नै गरेकी छु । सुदुरपश्चिम पनि निकै मन पर्‍यो ।

घुम्न मन लागेको ठाउँ ?
मलाई खप्तड र रारा क्षेत्र घुम्न मन लागेको छ ।

कसैले कुन ठाउँ घुम्न जाँदा ठिक होला भनेर सोध्यो भने ?
म त सुदुरपश्चिम जाने सल्लाह दिन्छु । सुदुरपश्चिमको बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानी लगायत धेरै ठाउँ छन्, जहाँ घुमेर मनोरञ्जन लिन सकिन्छ ।

कमाई कति हुन्छ होला ?
मैले खर्च र आम्दानीको वारेमा हिसाब गरेकै छैन । त्यसकारण भन्न सक्दिनँ ।

मोबाइल रिचार्जमा मासिक कति खर्च गर्नुहुन्छ ?
अहिलेसम्म महिनाको पाँचसयले पुगेको छ ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
हात त हेराएकी छैन । चिना भने हेराएकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment