Comments Add Comment

‘ए कान्छी’ भन्दै पुन: उदाए निर्णय

‘हाम्रो गाँउले जीवन’, ‘दिन पनि बित्यो’, ‘म नेपाली’ जस्ता हिपहप संगीतबाट उदाएका गायक निर्णय श्रेष्ठ पुन: आफ्नै लयमा फर्किएका छन् । ‘शिक्षाका लागि एनएसके टुर’ चलाइरहेका उनी केही समयको अन्तरालमा देखा परेका हुन् ।

यसपालीको गीत अलि भिन्नै छ । मेलिना राई र कुमार राईले स्वरबद्ध गरेका गीतमा उनले र्‍याप दिएका छन्, ‘एनएसके स्टाइल’ भन्दै । गीतको वोल छ, ‘ए कान्छी’ । लोक फ्लेबरको यो गीतलाई निर्णयको र्‍यापले बेग्लै स्वादमा पस्किएको छ ।

अक्सर हिपहप पहिरनमा झुल्कने निर्णय पछिल्लो समय आफ्नो गायकीलाई शिक्षाका लागि खर्चिरहेका छन् । उनी विभिन्न स्कुलमा पुग्छन्, गीत गाउछन् र शैक्षिक सामग्री संकलन गर्छन् । यसरी संकलित सामग्री दुर्गमका बिद्यार्थीमाझ पुर्‍याउँछन् । ‘एनएसके टुर फर एजुकेसन’ नाम दिइएको यस अभियान अन्र्तगत अहिलेसम्म सैयौं बिद्यालयमा उनले शैक्षिक सामग्री पुर्‍याइसकेका छन् ।

यस्तै व्यस्तताबीच हालै उनले नयाँ गीत सार्बजनिक गरेका हुन् । युट्युबमा सार्वजनिक गरिएको गीतलाई चाडै अनलाइन तथा ब्रोडकास्ट मीडियाबाट सार्बजनिक गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment