Comments Add Comment

जापानमा भयो तालुखुइलेहरुको गज्जबको भेला

जापानमा एउटा निकै अनौठो भेलाको आयोजना भयो । जहाँ ३० भन्दा धेरै तालुखुइले पुरुषहरु जुटे र तालु खुइलिनुको मज्जा उठाए ।

तालुखुइलेहरुको क्लब जापानमा सन् १९८९ मै खुलेको थियो । र अहिलेसम्म उक्त क्लबमा ६५ जना सदस्य बनिसकेका छन् ।

यो क्लबको उद्धेश्य नै तालुखुइलेप्रति मानिसहरुमा सकारात्मक सोँच विकसित गर्नु नै हो ।

क्लबका एक सदसय तोशियुकी ओगासावारा भन्छन् ः मेरो टाउको अहिलेपनि दुख्छ । मलाई लाग्छ की यसमा हिउँ खस्नु आवश्यक छ ।

टोकियोमा तालुखुइलेहरुका बीचमा भएको यस प्रतियोगितामा सहभागी भएका एक अन्य प्रतियोगी मसातोमो ससाकी भन्छन् ः मलाई गर्व महसुस हुन्छ । मैले भन्न सक्छु कि तालुखुइले हुुँदा मलाइ निकै रमाइलो महसुस हुन्छ ।

तालुखुइले क्लबका अध्यक्ष तेइजिरो सुगो भन्छन् ः मैले सारा दुनियाका तालुखुइलेसँग भन्न चाहन्छु की उनीहरु यहाँ आउन् र तालुखुइलेहरुको ओलम्पिक गराउन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment