Comments Add Comment

जाँदाजाँदै भारतीय राजदूतले भने-चुनावमा सबैको सहभागिता होस्

१३ फागुन, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् ।

यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजदुत रायले भने, ‘चुनावले प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ । त्यसैले नेपालमा हुन लागेको चुनावको विपक्षमा हामी छैनौ । तर, यो चुनावमा सबैको सहभागिताको सुनिश्चितता हुनुपर्छ ।’

पत्रकारले एक प्रश्नमा राजदूत रायले भने, ‘जसरी नेपालमा जब संविधान जारी गर्दा सबै दलहरुलाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरि चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ ।’

सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन प्रयास गरिरहेको भन्दै उनले प्रशंसा गरे । उनले भने, ‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ । यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रुपमा आशावादी छ ।’

भारतीय राजदूत रायले नेपाल-भारत द्धिपक्षीय सम्बन्ध अब सामाजिक, साँस्कृतिक, धार्मिकका साथसाथै आर्थिक साझेदारीमा केन्दित गर्नुपर्ने धारणा राखे ।  उनले आफ्नो कार्यकालमा नेपाल-भारत द्धिपक्षीय प्रोजेक्टहरु कार्यान्वयनका लागि पहल गरेको बताए । केही समस्याहरु पैदा हुनु स्वभाविक भएको भन्दै राजदूत रायले भने, ‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment