Comments Add Comment

स्ववियु चुनावः कतै मतदान, कतै सुनसान

१८ फागुन, काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तरगतका झण्डै २०० क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनाव हुँदैछ ।

तर, ठूला क्याम्पसहरुमा भने चुनाव नहुने भएको छ । विद्यार्थी संगठनहरुको आन्तरिक विवाद लगायतका कारण धेरै क्याम्पसमा ताला लागेको छ ।

२४ आंगिकसहित करिव २०० क्याम्पसमा चुनाव हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा चुनाव हुँदैछ । यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, आईओएम, नर्सिङ क्याम्पसका साथै एड्भान्स इन्जिनियरिङ क्याम्पसमा पनि चुनाव हुँदैछ ।

थापाथलीमा मतदान सुरु भइससकेको छ ।

तर, आरआर, त्रिचन्द्र, अस्कल, पाटनसहितका ठूला क्याम्पसहरुमा भने चुनाव हुँदैछैन । धेरै क्याम्पसमा विद्यार्थी संगठनहरुले नै ताला लगाएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा पनि चुनाव रोकिएको छ ।

चुनाव स्थगित भएको आरआर क्याम्पस 

सानोठिमी क्याम्पस

बुटबल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment