Comments Add Comment

पोखराका तीन क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियुको जित

 

१९ फागुन, पोखरा । पोखराका पाँच वटा क्यापसहरुमा भएको स्ववियु निर्वाचनमध्ये तीन वटामा नेपाल विद्यार्थी संघले नेतृत्व हात पारेको छ । त्यस्तै एक वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यनलले जितेको छ । एक वटा क्यापसको परिणम आउन बाँकी छ ।

नेविसंघले पोखराको जनप्रिय बहुमुखी क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान (पोखरा नर्सिङ कलेज) र विन्ध्यबासिनी संस्कृत विद्यापीठमा जित हात पारेको हो भनेे अनेरास्ववियुले वनविज्ञान अध्ययन संस्थानमा नेतृत्व पाएको छ ।

जनप्रिय क्याम्पसमा नेविसंघ र नयाँशक्ती पार्टी निकट नयाँशक्ती विद्यार्थीको संयुक्त प्यानल अन्तर्गत नेविसंघका आशिक गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । जनप्रियमा सभापतिका बिजेता गुरुङले ६ सय ५० मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी अनेरास्ववियुका बिनोद भण्डारीले ४ सय ९३ मत पाएका थिए ।

त्यस्तै चिकित्साशास्त्र अध्ययन संस्थान (पोखरा नर्सिङ कलेज)मा पनि नेविसंघको प्यानल बिजयी भएको छ । नर्सिङ कलेजमा नेविसंघकी अनामिका राज्यलक्ष्मी बस्नेत १ सय २८ मत ल्याउँदै सभापतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी विष्णु देवकोटाले १ सय १८ मत प्राप्त गरिन् ।

विन्ध्यबासिनी संस्कृत विद्यापीठमा पनि अनेरास्ववियु, अखिल क्रान्तिकारी र प्राज्ञिक विद्यार्थी परिषद्को संयुक्त प्यानललाई पराजित गर्दै नेविसंघका केशव आचार्य ५९ मत प्राप्त गर्दै नेतृत्वमा आएका हुन् । उनका प्रतिद्वन्द्वी संयुक्त प्यानल अन्तर्गत प्राज्ञिक परिषदका गोपाल गौतमले ३४ मत प्राप्त गरे ।

वन क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी

वन विज्ञान अध्ययन संस्थानमा भने अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ । अनेरास्ववियुका उमेद्वार विशाल अर्यालले एक सय ४० मत ल्याउँदै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वीहरु नेविसंघका रमेश बोगटीले एक सय १९ र अखिल क्रान्तिकारीका रोहितराज झाले ६८ मत प्राप्त गरे ।

पाेखराको इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको भने परिणाम आइसकेको छैन । पोखराको पिएन क्यापसमा बुधबार स्थागित भएको स्ववियु चुनाव फागुन २५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment