Comments Add Comment

पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरुयोजना बन्ने


२० फागुन, काठमाडौं । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रको विकासका लागि १५ वर्षे गुरु योजना बन्ने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले १५ वर्षे गुरुयोजना बनाएर पशुपति क्षेत्रको समग्र विकास निर्माण प्रक्रियालाई अघि बढाउने गरी सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको परामर्श सुरु गरेको हो ।

शुक्रबार भएको छलफलमा पूर्वपर्यटनमन्त्री एवम् एमाले नेता आनन्दप्रसाद पोखरेलले पशुपति क्षेत्रको विकासमा सबै पक्ष जुटनुपर्ने आवश्यक्ता औंल्याए ।

कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले गुरुयोजना बनाएर पशुपति क्षेत्रको विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउन विज्ञहरुसँग परामर्श सुरु गरिएको बताए ।

पशुपति क्षेत्रको कला कौशललाई जोगाएर यसको पुनर्निर्माणलाई गति दिनुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् । पशुपति क्षेत्र विकास कोषले भूकम्पपछिको पुनर्निर्माणलाई अघि बढाउन पनि गुरुयोजना आवश्यक रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment