Comments Add Comment

चौकी आक्रमणको आरोपमा गाउँलेलाई सार्बजनिक अपराधको मुद्दा, वृद्ध-वृद्धासमेत पक्राउ

२० फागुन, तौलिहवा । प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा कपिलवस्तु हर्दौनाका १२ जनालाई प्रहरीले सार्बजनिक अपराधको मुद्दा लगाएको छ । प्रहरीले ६५ वर्ष उमेर पुगेकाहरुलाई पनि पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि स्थानीय आतंकित छन् ।

स्थानीय एक बालिकालाई यौन दुर्व्यवहार गर्ने स्थानीय सद्दाम हुसेनलाई जोगाउन खोजेको भन्दै प्रहरी चौकीमा ढुंगामुढा गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर सार्बजनिक अपराधको मुद्दा लगाएको छ ।

प्रहरीले पक्राउ गर्दै मुद्दा लगाउन थालेपछि स्थानीयमा भागाभाग भएको छ । फरार भएका भनिएका चार जनालाई प्रहरीले हालै पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हर्दौना गाविस-७ का ६५ वर्षीय कन्हैया पासी, ६५ वर्षकै ईन्द्रामती पासी, ४५ वर्षका गोपाल पासी र कोदई पासी छन् ।

यही फागुन १३ गते हर्दाैनाका एक बालिका खेतमा गोबर संकलन गर्न गएका बेला स्थानीय सद्दाम हुसेनले यौन दुर्व्यवहार गरेको स्थानीयको भनाइ छ । बालिका चिच्याएपछि भागेर आफ्नो घरमा लुकेका पठानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पठानलाई आफूहरुले नै कारबाही गर्न पाउनुपर्ने भन्दै स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका थिए । सो क्रममा तनाव बढ्दा स्थानीयबासीले सीमा प्रहरी चौकी हर्दौनामा ढुंगामुढा गर्नुका साथै केही गाडीहरु तोडफोड गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास र चार राउण्ड हवाइ फायर गरेको थियो । झडपमा १३ जनाभन्दा बढी प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए ।

यो पनि पढ्नुस्

‘बलात्कारी’लाई जोगाउन खोज्दा कपिलवस्तुमा तनाव, प्रहरीद्वारा अश्रुग्यास र हवाइ फायर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment