Comments Add Comment

चुनाव माग गर्दै राममणि क्याम्पसमा बिद्यार्थीको धर्ना

२० फागुन, बुटवल । स्ववियु निर्वाचनको माग गर्दै रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा नेबिसंघ र क्रान्तिकारीले चार दिनदेखि धर्ना जारी राखेका छन् ।

फागुन १८ गते सबै तयारी पूरा भइसक्दा पनि चुनाव नगरिएको भन्दै संयुक्त बिद्यार्थी संगठनले बिरोध गरेका हुन् ।

१७ गते बेलुका एमाले निकटको अखिलले निर्बाचन समितिको कार्यालयमा ताला लगाइदिएपछि निर्बाचन बिथोलिएको थियो ।

नेबिसंघका इकाइ सभापति तथा स्वबियुका सभापतिका उम्मेदबार समेत रहेका चिरञ्जिबी बस्यालले क्याम्पसले कुनैपनि हालतमा निर्बाचन गराउनुपर्ने बताए । उनले निर्बाचनको मुखैमा सबै तयारी पूरा भएपछि निर्बाचन रोकिनु दुखद भएको बताए ।

अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष सागर न्यौपानेले बिद्यार्थीको हक अधिकार कुण्ठित भएको भन्दै अखिलको तालाका कारण निर्बाचन रोक्न नहुने बताए ।

क्याम्पसले भने आज पनि ठूला बिद्यार्थी संगठनसंग बार्ता गरेको थियो, भोलि बिहान ७ बजे सरोकारवालालाई बार्तामा बोलाइएको क्याम्पस प्रमुख मोहनराज शर्माले बताए ।

करिव ८०० मतदाता रहेको क्याम्पसमा नेविसंघ र अखिल क्राान्तिकारी प्रचण्डको संयुक्त प्यानल र अखिलको छुट्टै प्यानल निर्बाचनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment