Comments Add Comment

‘पलाँस’को ट्रेलरमा रेखा शिक्षिकादेखि ‘कल गल’सम्म


नायिका रेखा थापाको विल्कुलै फरक गेटअपका साथ चलचित्र ‘पलाँस’को ट्रेलर रिलिज गरिएको छ । चलचित्रको ट्रेलरमा रेखालाई शिक्षिकादेखि ‘कल गल’ सम्मको भूमिकामा देखाइएको छ ।

सुवास कोइरालाको निर्देशनमा बनेको यो चलचित्रमा रेखाको साथमा अयुव केसी र कामेश्वर चौरासियाको मुख्य भूमिका छ । कृषा चौलागाइले यो चलचित्रको निर्माण गरेकी हुन् । चलचित्र चैत्र १८ गतेबाट देशभरका हलमा रिलिज हुने कृषाको भनाई छ ।

नायिका रेखा थापाले पनि यो चलचित्रमा आफ्नो विल्कुल फरक भूमिका भएको बताउँदै दर्शकलाई मनपर्ने बताइन् । चलचित्रमा खलपात्रलाई कुट्दै आएकी रेखा यसमा भने फरक गेटअपमा देखिएकी छिन् । सुन्दर भएर पनि बाँसना नदिने फूलको रुपमा चिनिन्छ, ‘पलाँस’ । ‘पलाँस’लाई एक यूवतीसँग दाँजेर चलचित्र निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment