Comments Add Comment

कतारमा बनभोज खाएर नारी दिवस मनाइयो

कतार । कतारको नेपाली एकता समाज महिला विभागले बनभोज कार्यक्रम गरेर १०७ औं महिला दिवस मनाएको छ । बनभोज कार्यक्रममा नेपाली महिला स्थिति, समस्या र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम पनि भएको थियो ।

कार्यक्रममा सहभागी प्रवासी नेपाली महिलाहरुले नेपलमा अझै पनि महिलामाथि हुने हिंसा विद्यमान भएकोमा चिन्ता गरेका थिए ।अमिना खानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विभागका सचिव सन्जु सुन्दासले गरेकी थिइन् ।

कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको प्रमुख आथित्यमा भएको कार्यक्रममा दावा लामा, खिम बूढा मगर, टुकनाथ शर्मा, धनबहादुर परियार, अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहाकार अर्जुन थापा मगर, वुद्धिजीवी विभागका कमल अचार्य र एकता समाजका सम्पूर्ण एरिया इकाई समितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।

महिल विभागका कोषाध्यक्ष रेणुका कार्कीले कार्यक्रममा सहभागीलाई स्वागत गरेकी थिइन् । त्यस्तै, अन्तर्राष्ट्रिय महिलादिवस किन मनाईन्छ ? भन्ने बारे महिला विभागकी उपाध्यक्ष जानुका बस्नेत (खड्काले) स्पष्ट पारेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment