Comments Add Comment

होटल अन्नपुर्णले चितवनमा सञ्चालनमा ल्यायो ‘जगतपुर लज’


२२ फागुन काठमाडौं । काठमाडौंमा होटल अन्नपुर्ण सञ्चालन गरिरहेकेा अन्नपुर्ण होटल अफ ग्रुपले चितवनमा जगतपुर लज सञ्चालनमा ल्याएको छ ।

आइतबारदेखि  अाैपचारिक रूपमा सञ्चालनमा आएको यो लजका ५ वटा बंगलामा २० वटा कोठा रहेका छन् ।

लजका कोठाहरु भने ५ तारे होटल स्तरको रहेको अन्नपुर्ण होटल अफ ग्रुपले जनाएको छ ।

यो लजमा ७ वटा ‘लक्जरी सफारी टेन्ट’ पनि रहने भएका छन् । जुन दक्षिण अफ्रिकाबाट काठमाडौंमा ल्याएको हो ।


राप्ती नदिको नजिकै सञ्चालनमा आएको यो लजबाट चितवन राष्ट्रिय निकुञ्जको दृश्याबलोकन गरेर मज्जा लिन सकिन्छ ।

साथै यो लजमा वाइफाई फ्री रहेको छ भने कोठामा एचडी टेलिभिजन राखिएको छ । लजमा थारु खाना पनि उपलब्ध रहेको छ ।

अन्नपुर्ण होटल अफ ग्रुपकी कार्यकारी निर्देशक श्रृजना राणाले भनिन् ‘चितवन राष्ट्रिय निकुञजको मज्जा लिनको लागि यो लज उपयुक्त स्थान हो यसमा आएका पर्यटकले यसबाट पाउने रमाइलो जिन्दगीभर बिर्सँदैनन् ।’

उनका अनुसार यो होटल ८ एकड क्षेत्रमा फैलिएको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment