Comments Add Comment

पर्यटन प्रमुख

List Grid
यति माउन्टेन होम्समा आगलागी, किचेन र डाइनिङ हलमा क्षति

७ मंसिर, काठमाडौं । सगरमाथा आधार शिविरमा पर्ने फाक्दिङस्थित यति माउन्टेन होम्समा आगलागी भएको छ । आज बिहान भएको आगलागी अहिले भने नियन्त्रणमा आइसकेको खुम्बु गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिइन् । ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘स्थानीय युवा र सगरमाथा राष्ट्रिय निकुन्जमा खटिएको नेपाली सेनाले आगलागी नियन्त्रणमा लिएका छन् ।’ […]

पूर्वराजा वीरेन्द्रको निजी निवास आइतबारदेखि अवलोकन गर्न पाइने

६ मंसिर, काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट अवलोकनका लागि खुल्ला हुने भएको छ । शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक शुभारम्भ गर्ने र आइतबारबाट सर्वसाधारणले अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण […]

सुर्खेत र विराटनगर विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणको स्वीकृति

५ मंसिर, काठमाडौं । सरकारले सुर्खेत र विराटनगर विमानस्थललाई बिस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सुर्खेत विमानस्थलको क्षमता बढाउन ३० विगाह र विराटनगर विमानस्थलको क्षमता अभिवृद्धि गर्न १२६.४६ विगाह जग्गा […]

हानका निवर्तमान अध्यक्ष शाक्यको कोरोनाले मृत्यु

५ मंसिर, काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हानका सदस्य युवराज श्रेष्ठले जानकारी दिए । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक […]

कात्तिकमा लकडाउनयताकै धेरै पर्यटक भित्रिए

४ मंसिर, काठमाडौं । नेपालमा लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आए । नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन् । एक महिनामा १३७० जना पुरुष र ६३९ जना महिला पर्यटक नेपाल आएका […]

८ महिनापछि खुल्यो लुम्बिनी, पर्यटकको चहलपहल शुरु

४ मंसिर, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी […]

लुक्ला एयरपोर्टलाई बुटिक एयरर्पोट बनाउँछौं : पर्यटनमन्त्री

३० कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गरिने बताएका छन् । आइतबार सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा निर्माण भएको पर्यटन सूचना केन्द्र भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले लुक्ला एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हु्न । उनले नेपाल […]

हङकङ उडानमा निगमले निजी ल्याबको पीसीआरलाई मान्यता नदिने

२८ कात्तिक, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले अब सरकारी ल्याबमा मात्र कोरोना परीक्षण गर्नपर्ने भएको छ । नेपालबाट पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि हङकङले तेस्रो पटक नेपाल एयरलाइन्सलाई उडानमा दुई साता प्रतिवन्ध लगाएको छ । प्रतिवन्धका कारण हङकङ उडानबाट करोडौं घाटा भएको भन्दै नेपाल वायुसेवा निगम सञ्चालक […]

लुम्बिनी : पर्यटकको भीड लाग्ने सिजनमै सुनसान

२७ कात्तिक, बुटवल । हरेक वर्ष दसैं–तिहारको अवधिमा आन्तरिक र बाह्य पर्यटकको भीड हुने बुद्ध जन्मस्थल लुम्बिनी यो वर्ष सुनसान छ । विश्वव्यापी कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान नखुल्दा मुख्य सिजनमा विदेशी पर्यटक आउन पाएनन् भने कोरोनाकै कारण मायादेवी मन्दिर नखुल्दा नेपालकै बौद्ध धर्मावलम्बी र पर्यटक समेत आएका छैनन् । असोजदेखि मंसिरसम्मको तीन महिना सबैभन्दा […]

नयाँ वायुसेवा कम्पनीले तीन वर्षभित्र उडान सञ्चालन अनुमति लिन पाउने

२६ कात्तिक, काठमाडौं । सरकारले इजाजत प्राप्त वायुसेवा कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) तीन वर्षभित्र लिन सक्ने गरी सहज नीति ल्याएको छ । नागरिक उड्डयनसँग सम्बन्धित सेवा सञ्चालन गर्ने संस्था/कम्पनीले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत (लाइसेन्स) प्राप्त गरेको दुई वर्षभित्र उडान सञ्चालन प्रमाणपत्र (एओसी) लिनैपर्ने प्रावधान रहेको छ । तर, मन्त्रालयको २० […]

कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण

२६ कात्तिक, काठमाडौं । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् । राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र […]

पत्र दर्ता भएको डेढ महिनापछि स्थानीय तहलाई परिपत्र

२५ कात्तिक, काठमाडौं । सिंहदरबारभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको भौतिक दूरी मुस्किलले १ सय मिटर होला । २ असोज २०७७ मा पर्यटन मन्त्रालयले संघीय मन्त्रालयका नाममा पठाएको पत्र अनुसरको परिपत्र संघीय मन्त्रालयले १ महिना २२ दिनपछि (२४ कात्तिक २०७७) गरेको छ । तर, सो पत्रअनुसार स्थानीय […]

पर्वतारोही र क्लामिङ गाइडले दूर्घटना बिमा नगरी आरोहणमा जान नपाउने

२१ कात्तिक, काठमाडौं । हिमाल आरोहणमा जाने नेपाली नागरिक र पर्वतारोहण पथप्रदर्शकले अनिवार्य दूर्घटना बिमा गराउनु पर्ने प्रावधान छ । तर, आरोहीहरु बिमा नगरी आरोहण अनुमति माग्न आएपछि नेपाल पर्वतारोहण संघले बिमा नगरेसम्म आरोहण अनुमति जारी नहुने स्पष्ट पारेको छ । नेपाली आरोही र गाइडले अनिवार्य १५ लाख रुपैयाँ बराबरको दूर्घटना बीमा गराउनु पर्छ । […]

पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

१९ कात्तिक, काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि […]

नेपाल एयरलाइन्सले फेर्‍यो ३६ वर्ष पुरानो ‘प्लानिङ सफ्टवेयर’

१८ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले ३६ वर्ष पुरोना प्लानिङ सफ्टवेयरलाई विस्थापन गर्दै नयाँ सफ्टवेयरमा प्रवेश गरेको छ । पाइलटले जहाजको ककपिटमा जानु अगाडी आवश्यक सबै सूचना यसै सफ्टवेयरमार्फत लिने गर्छन् । मौसमको पूर्वानुमान, विमानस्थलमा भएका अवरोधहरु, आकासमा गन्तब्य रुटको अवस्थादेखि जहाजको भारबहन क्षमता र उक्त उडानको भारसमेत यसै सफ्टवेयरबाट हेर्न सकिन्छ । नेपाल एयरलाइन्सकी […]

प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक

१६ कात्तिक, काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका छन् । अध्यागमन विभागका अनुसार गत साउनसम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन भदौपछि भने बढ्न थालेको छ । असोजमा पनि यस्तो संख्यामा वृद्धि भएको पाइएको छ । सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको […]

कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो

१७ कात्तिक, काठमाडौं । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको हो । विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली […]

कम्तीमा एक महिना नेपाल-भारत हवाई उडान नहुने

१६ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच ११ चैत २०७६ यता रोकिएको हवाई उडान अझै कम्तीमा एक महिना सुरु नहुने भएको छ । भारतमा रहेका विभिन्न मुलुकका नागरिकलाई फिर्ता लैजान सक्ने गरी भारत सरकारले ल्याएको ‘एयर बबल स्किम’ नेपाल सरकारले अस्वीकार गरेपछि नेपाल र भारतबीच तत्काल हवाई उडान सुचारु नहुने भएको हो । संस्कृति, पर्यटन […]

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक, व्यवसायी उत्साहित

१५ कात्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने होटल बुकिङ भइरहेका छन् । व्यवसायीले अपेक्षा गरेभन्दा बढी पर्यटक सौराहामा आइरहेका छन् । क्षेत्रीय होटल संघ सौराहाका […]

कुश्माको बन्जी र स्विङ कात्तिक १५ देखि सञ्चालन हुँदै

१३ कात्तिक, काठमाडौं ।पर्वतको कुश्मामा निर्माण भएको बन्जी र स्वीङ कार्तिक १५ बाट सञ्चालनमा आउने भएको छ । कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारी छ । द क्लिफ प्रालिले कार्तिक १५ (शनिबार) देखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने […]

डोटीबाट यात्रु नलिई फर्कियो विमान

३० असोज, डोटी । डोटी विमानस्थलको पहिलो उडान ‘पहिलो गाँसमै ढुङ्गा’ भनेजस्तै भएको छ । असोज १७ गते परीक्षण उडानपछि शुक्रबार कैलालीको गेटा बिमानस्थलबाट १६ जना यात्रु बोकेर आएको बिमानले डोटीबाट भने समयको कारण देखाउँदै बिमानस्थलमै पुगेका यात्रु छोडेर उडेको छ । समिट एयरको ९ एन—एकेएड विमान बिहान ११ वजे डोटी विमानस्थलमा अवतरण भएको थियो […]