Comments Add Comment

पर्यटन प्रमुख

List Grid
पहिलोपटक मकाउमा चाटर्ड उडान गर्दै नेपाल एयरलाइन्स

६ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउमा रहेका नेपाली यो उडानमार्फत नेपाल र्फकने भएका छन् । काठमाडौंबाट भने यात्रु लैजान मकाउले रोक लगाएका कारण जहाज रित्तै मकाउ उड्नेछ । […]

हिमालय एयरलाइन्सले ल्हासामा गर्‍यो परीक्षण उडान

६ माघ, काठमाडौं । नेपालको निजी लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको ल्हासामा परीक्षण उडान गरेको छ । आज बिहान सवा ७ बजेट ल्हासाका लागि जहाज उडेको कम्पनीले जनाएको छ । ल्हासा संसारकै सबैभन्दा उचाईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल मानिन्छ । सफल परीक्षण उडानपछि यस रुटमा नियमित उडानको योजना रहेको कम्पनीको भनाइ छ । बिहान […]

प्रस्तावित ‘बुटिक एयरपोर्ट’ : २० करोड सकियो, काम सकिएन

५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमा भनिएको थियो, त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा परिणत गरिनेछ ।’ त्यसको कार्यान्वयन ६ महिनाभित्रै सक्ने लक्ष्य राखेर २०७५ पुसबाटै काम थालिएको थियो । लक्ष्यअनुसार काम भएको भए सोही आर्थिक वर्षभित्र त्रिभुवन विमानस्थल ‘बुटिक विमानस्थल’का रुपमा परिणत भइसक्थ्यो । बुटिक विमानस्थलका रुपमा के-के गर्ने भनेर प्रधानमन्त्री केपी […]

किन अड्किए त्रिभुवन विमानस्थलमा दुई किर्गिस्तानी हेलिकोप्टर ?

२ माघ, काठमाडौं । १ जनवरी २०२१ का दिन बंगलादेशको ढाकाबाट दुई हेलिकोप्टर त्रिभुवन विमानस्थल आए । ३० वर्ष आयु नाघेका एमआई १७ हेलिकोप्टर किर्गिस्तानबाट नेपाल आएका हुन् । तर, यी हेलिकोप्टर कहिले यहाँबाट फर्किन्छन् भन्ने तय छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यी दुई हेलिकोप्टरलाई कीर्गिस्तानको नियामक निकायबाटै अनुमति माग […]

राष्ट्रिय गौरवका विमानस्थल आयोजनामा भीआईपीको दौडधुप, प्रगति जहाँको तहीँ

२ माघ, काठमाडौं । बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निर्देशन दिए, ‘अब कुनै पनि बाहनाबाजीमा आयोजनामा ढिलाइ नहोस् ।’ यसअघि २१ मंसिरमा निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराई सोही आयोजनाको स्थलगत अनुगमनमा पुगेका थिए । त्यसबेला उनले निर्देशन दिँदै भनेका थिए, ‘अबको २५ दिनभित्र आयोजनाको काम […]

पर्यटन सेवा सञ्चालकका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड तयार

२९ पुस, काठमाडौं । टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल)ले नेपालका पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल) म्यानुअल तयार पारेको छ । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा बुधबार आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका विकास सहायता विभागका प्रमुख डा. स्टेफेन रोसेक र टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल -टीआरटीएफ नेपाल) का […]

हवाई उडानका दौरान पाइलट र चालक दलका सदस्यलाई फोटो–भिडियो खिच्न प्रतिबन्ध

२५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका दौरान पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो, भिडियो खिच्न प्रतिबन्ध लगाएको छ । पछिल्लो समय पाइलट तथा क्याविन क्रू सदस्यले उडानका दौरान खिचेका भिडियो व्यक्तिगत युट्युब च्यानलमा राख्ने गरेका थिए । अर्कोतर्फ क्याबिन क्रू सदस्यहरुले टिकटकमा समेत अनेक भिडियो बनाएर हाल्ने गरेका छन् । यसले […]

अब काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान

२४ पुस, काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो । सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन […]

त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाइँदै, वायुसेवा कम्पनी असन्तुष्ट

२४ पुस, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने डिजेल र्‍याम्प बस हटाउने योजना बनाएको छ । यसलाई अब विद्युतीय बसले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको हो । सोहीअनुसार प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र समेत काटेको छ । पत्रमा डिजेल बस हटाएर त्यसको साटो विद्यतीय बसले प्रतिस्थापन गर्ने […]

हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले लिए अनुमति

२३ पुस, काठमाडौं । हिउँदे सिजनमा हिमाल आरोहण गर्न ६ टोलीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका सोमबारसम्म कुल ६ वटा हिमाल चढ्न १६ जनाले आरोहण अनुमति लिएका हुन् । सामान्यतया हिउँदे सिजनमा हिमाल आरोहणमा कम मात्र आरोही जान्छन् । त्यसमा पनि यो सिजन आगामी बसन्त ऋतुमा सगरमाथा चढ्नेले साना हिमाल आरोहण गरी अभ्यास […]

नेपाल एयरलाइन्सले फिर्ता बोलायो मलेसिया स्टेसनका तीन कर्मचारी

२१ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसया स्टेसनमा खटिएका तीन उच्च तहका कर्मचारीलाई कारवाही गरेको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार दुई वर्षका लागि खटिएका उनीहरुलाई तत्काल स्वदेश फिर्ता बोलाउने निर्णय निगमको पोष्टिङ कमिटीले गरेको हो । गत ३० डिसेम्बर २०२० का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजमा एक यात्रुको पीसीआर रिर्पोट […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]

हवाई उद्योगमा कोरोना प्रभाव : साढे १७ अर्बको आम्दानी गुम्यो

१६ पुस, काठमाडौं । नेपालको हवाई उद्योगले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न परिस्थितिका कारण साढे १७ अर्ब भन्दा माथिको आम्दानी गुमाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको तथयांक अनुसार कोभिड १९ को प्रभावका कारण सबैभन्दा ठूलो असर राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सलाई परेको छ । यो कम्पनीले आफूसँग भएका जहाजको उपयोग गर्न नपाएपछि करिब […]

गौतमबुद्ध विमानस्थलमा एडीबीले दियो थप पौने १८ अर्ब ऋण

८ पुस, काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माण गर्न एसियाली विकास बैंकले १५ करोड अमेरिकी डलर (पौने १७.८८ अर्ब रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालय र एसियाली विकास बैंकबीच उक्त वित्तीय लगानी सम्बन्धमा हस्ताक्षर भएको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग(सासेक) अन्तर्गत विमानस्थल क्षमता अभिवृद्धि परियोजनामा यो […]

नेपालका वायसेवा कम्पनीहरु ईयूको कालोसूचीमा कायमै, हटेन प्रतिवन्ध

७ पुस, काठमाडौं । नेपाली हवाई उद्योग यसपटक पनि यूरोपेली यूनियन (ईयू)को कालोसूचीबाट हट्न पुनः असफल भएको छ । इयूले हरेक ६/६ महिनामा प्रतिवन्धको विवरण अद्यावधिक गर्छ । पछिल्लो समय ईयूले २ डिसेम्बर २०२० मा यस सम्बन्धी निर्णय लिएको थियो । ८ डिसेम्बरमा ईयूले विश्वभरका वायुसेवाको प्रतिवन्धित सूची सार्वजनिक गरेको छ । जसअनुसार इयूले सार्वजनिक […]

पाँच महिनामा भित्रिए ६ हजार पर्यटक

७ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिना -साउन-मंसिर) सम्म ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले दिएको जानकारी अनुसार मंसिर महिनासम्म उक्त संख्यामा पर्यटक आएका हुन् । यस अवधिमा अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएका छन् । ५ महिनामा अमेरिकाबाट १३१७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् […]

साउदीले रोक्यो हवाई उडान, नेपालबाट निर्धारित उडान रद्द

६ पुस, काठमाडौं । साउदी अरेबियाले दमाममा सबै अन्तर्राष्ट्रिय हवाई उडानमाथि अस्थायी रोक लगाएको छ । यसले नेपालबाट हुने हवाई उडान समेत रद्द हुने भएका छन् । हिमालय एयरलाइन्सका अनुसार साउदी अरेबियाको नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको छ । सोहीकारण काठमाडौंबाट दमामका लागि निर्धारित उडान रद्द भएका छन् । साउदी अरेबियाले […]

हप्तामा दुई दिनको बिदाले अर्को वर्ष पर्यटनको बाँध फुट्न सक्छ : पर्यटनमन्त्री   

३ पुस, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा जोड दिने बताएका छन् । सोहीकारण दुई दिन सार्वजनिक बिदाको अवधारणा ल्याइएको उनले उल्लेख गरेका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले शुक्रबार आयोजना गरेको ‘पर्यटनमा कोभिड-१९ को प्रभाव र भावी कार्यदिशा’ विषयक गोष्ठीलाई […]

हप्तामा दुई दिन बिदा : न खर्च घट्छ न पर्यटक बढ्छन्

२८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक अध्ययन समितिले सरकारी कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिनुपर्ने सिफारिस गरेको छ । प्रतिवेदनको निष्कर्ष छ– हप्तामा दुई दिन बिदा कायम गर्दा कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व बढ्छ । त्यस्तै, सरकारी खर्च घट्नुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग हुने, लैंगिक समानता, काम र व्यक्तिगत […]

फूल टिपेर प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना

२७ मंसिर, पोखरा । फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा प्याराग्लाइडिङ दुर्घटना भएको पाइएको छ । नेपाल हवाई खेलकूद संस्था (एनएए)ले गरेको अध्ययनले दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्ष निकालेको छ । मंसिर ८ गते पोखरामा फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएको थियो भने यात्रु घाइते भएका […]

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै 

२६ मंसिर, पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । निकै दुर्गम स्थानमा रहेको यो झरनामाथि निर्माण गरिएको झोलुङ्गे पुलबाट झरनाको दृश्यावलोकन गर्न […]