Comments Add Comment

नेपाल पर्वतारोहण संघको सुविधा सम्पन्न भवनको शिलान्यास

लागत १६ करोड, संग्रहालयसमेत राख्ने योजना

२३ फागुन, काठमाडौं । काठमाडौंको नक्शालमा नेपाल पर्वतारोहण संघको सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । विश्व प्रख्यात आरोही तथा हिम चितुवाको उपमा पाएका आङरीता शेर्पाले संघको भवनको सोमबार शिलान्यास गरेका छन् ।

१४ आना जग्गामा बन्न लागेको भूकम्प प्रतिरोधी भवन निर्माणमा १६ करोड खर्च हुने अनुमान छ ।

यस्तो बन्नेछ नयाँ भवन 

सो भवनमा नेपाल पर्वतारोहण संघका लागि चाहिने अफिसियल कोठाहरुसहित सेमिनार हल र संग्रहालय समेत राख्ने योजना रहेको संघका महासचिव ठाकुरराज पाण्डेले बताए ।

उनले भने, ‘नेपाल पर्वातारोहण संघको विश्वमा ८६ राष्ट्रका अल्पाईन कलबसँग सम्बन्ध रहेको छ । ठूलो र सुविधा सम्पन्न भवन आवश्यक भएकाले अहिलेको भवन भएकै स्थानमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment