Comments Add Comment

मलाई मिथ्या आरोप लगाइयोः टीका पुन

टीका पुनले अहिलेसम्म चार हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन् । लोक गीत र तीजको भाकामा विशेष दखल राख्ने टीकाले सांगीतिक कार्यक्रमकै सिलसिलामा डेढ दर्जन मुलुकको समेत भ्रमण गरेकी छिन् । स्वदेशमा आयोजना हुने थुप्रै स्टेज कार्यक्रममा सहभागी टीकालाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. तपाईंका सबै गीत एउटै खालको भयो भन्छन् नि !

अन्य गीतको तुलनामा लोकगीत अलि फरक हुन्छ । कतिपय गीत उस्तै जस्तो पनि लाग्ला । तर, मैले एउटै खालका मात्रै गीत गाएको छैन । लोकगीत, तीज गीत लगायतमा भेराइटी दिने गरेकी छु ।

२. म्युजिक भिडियो निर्देशकलाई हस्तक्षेप गर्नुहुन्छ रे हो ?

केही म्युजिक भिडियोमा म आफैंले काम गरेकाले त्यस्तो भन्नुभएको होला । मैले कहिल्यै कुनै भिडियोमा म देखिनुपर्‍यो भनेकी छैन । निर्देशकको आग्रह अनुरुप मात्रै म भिडियोमा देखिएको छु ।

३. असाध्यै लोभी हुनुुहुन्छ रे !

यो पनि होइन । मैले अरुको सम्पत्तिमा कहिल्यै लोभ गरेको छैन । म अनावश्यक खर्च गर्दिनँ, त्यसकारण कसैलाई त्यस्तो लागेको होला । तर, मितव्ययी हुनुलाई लोभी भन्न अलि सुहाउँदैन ।

४. तपाईंले जस्तो पनि शब्द गाउनुहुन्छ, किन ?

अहिलेसम्म चार हजारभन्दा बढी गीत गाएकी छु । यो बीचमा कतिपय शब्द मन नपरेर गाइनँ । कतिपय शब्द आफूलाई सुहाउँदैन कि भनेर छाडेँ । सबैलाई मैले कुन गीत छाडेँ या गाइनँ भन्ने थाहा हुँदैन । त्यसकारण पनि यस्तो आरोप आएको होला ।

५. तपाईंलाई घमण्डी पनि भन्छन् ।

यो मिथ्या आरोप हो । घमण्ड त म कहिल्यै गर्दिनँ ।  एकदम सामान्य मान्छे हुँ । आफ्नो काम इमान्दारीपूर्वक गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment