Comments Add Comment

हतारिएर आन्दोलनमा नजान मधेसी मोर्चालाई प्रचण्डको आग्रह

२५ फागुन, काठमाडौं । मधेसी मोर्चाले पाँच बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् ।

राजविराज घटनापछि सरकारसँग रुष्ट बनेको मधेसी मोर्चाले आफ्ना माग पुरा गर्न सरकारलाई सात दिनको समय दिएको छ । नभए स्वतः समर्थन फिर्ता हुने बताएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मोर्चाका सबै शीर्ष नेताहरु सहभागी थिए । उनीहरुले संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्नु पर्ने, स्थानीय चुनाव स्थगित गरी प्रदेश र केन्द्रको निर्वाचन पहिले गर्नु पर्ने मा राखेका छन् ।

यस्तै राजविराज घटनामा मारिएकालाई शहिद घोषणा गर्नु पर्नेर घाइतेको उपचार गरिनु पर्ने र घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न छानबिन आयोग गठनको समेत माग गरेको छ । मधेसी मोर्चाले ७ दिनभित्र आफ्ना मागहरु पुरा नभए सरकारसँग सम्वादको ढोका बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरु पनि समस्या समाधान तर्फ लाग्नुपर्ने धारणा राखेका छन् । उनले मोर्चाका नेताहरुलाई आन्दोलनमा जान हतार नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीलाई उधृत गदै मोर्चाका नेता राजकिशोर यादवले यादवले भने, ‘तपाईहरुको माग सम्बोधन गर्न हामी सकारात्मक छौं, आन्दोलनमा जान हतारो नगरौं ।’

प्रधानमन्त्री प्रचण्डले कांग्रेस र माओवादीले छलफल गरेर पुनः छलफलमा बस्ने जवाफ दिएका छन् ।

बैठकमा प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र नीधि, कृष्णप्रसाद सिटौला लगायत नेता थिए । यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मातृका यादव, रामबहादुर थापा लगायत नेताहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment