Comments Add Comment

आशा-दीप नेपालले ‘मह कमेडी नाइट’को आयोजना गर्दै

२६ फागुन, काठमाडौं । मानसिक स्वास्थ्य प्रवर्द्धनमा क्रियाशीलसंस्था आशादीप नेपालले ‘मह कमेडी नाइट’को आयोजना गर्ने भएको छ ।

आगामी चैत ६ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिशन होटलमा आयोजना हुने उक्त कार्यक्रममा चर्चित हाँस्य कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले प्रस्तुति दिनेछन् । कार्यक्रमलाई रोयल ट्रेजरले विशेष सहयोग गरेको छ ।

नयाँपाटी, सुन्दरीजलमा रहेको आशादीप नेपालको सहयोगार्थ नगद संकलन गर्ने उद्देश्यले यस मनोरञ्जनात्मक मह कमेडी नाइटको आयोजना हुन लागेको हो । कार्यक्रमका लागि टिकट मूल्य ३ हजार राखिएको छ भने त्यसमा हरेक टिकट खरिदकर्तालाई निःशुल्क डिनरको व्यवस्था गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment