Comments Add Comment

प्रधानमन्त्रीले भने- अब सामाजिक राजनीतिक सफाइ गर्नुपर्छ (भिडियोसहित)

कसैले अपमान र हस्तक्षेप गर्न खोजे नेपालीहरु जुरुक्कै उठ्छन्

 


२८ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बागमती सफाइ अभियानजस्तै अब मनभित्रको विसंगति सफाइ गर्नुपर्ने बताएका छन् । साथै अब हुने स्थानीय चुनावले राजनीतिलाई पनि सफा पार्ने प्रधानमन्त्रीको भनाइ छ ।

‘यो बागमती सफाइ मेरो विचारमा नयाँ संस्कृति र राष्ट्रिय एकताको अभियान हो’ प्रधानमन्त्री प्रचण्डले शनिबार बागमती सफाइको २ सय हप्तामा आयोजित समारोहलाई सम्बोधन गर्दै भने,’हाम्रो मनमा भएको विसंगतिको सफाइ, सामाजिक र सांस्कृतिक सफाइको अभियान पनि हो ।’

सरकारले ७४४ वटा नयाँ स्थानीय तहको घोषणा गरिसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यी स्थानीय तहहरु हिजोका गाविसजस्तै संस्था नभएर कार्यपालिका, व्यवस्थापिकाको अधिकार समेत रहेका संस्थाहरु भएको बताए ।

स्थानीय तहमा हुने चुनावले घरपरिवारमा समेत राजनीतिक, सामाजिक सफाइ अभियान चल्ने प्रधानमन्त्रीले बताए । उनले भने-‘यो वागमती सफाइ अभियानले गाउँ गाउँमा राजनीति सरसफाइ अभियान चलाउन स्वयंसेवा गर्ने सन्देश दिएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागमति सफाई अभियान नयाँ राष्ट्रिय एकताको अभियान बनेको बताउनु भएको छ ।


शनिबार बिहान शंखमूलमा बागमति सफाई महाअभियानको २०० औं हप्तामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो ‘नेपाल प्राकृतिक रुपमै सुन्दर देश हो ।

यो देश मौलिक पहिचान, सँस्कृति र परम्पराको धनी छ । बागमति सफाई महाअभियान आफैमा मौलिक अभियानका रुपमा स्थापित हुन पुगेको छ । बागमति सभ्यताको संरक्षण अभियानमार्फत् देशैभरको फोहोर सफा गर्ने गरी आजैदेखि राष्ट्रिय सरसफाई अभियानको समेत घोषणा गरिएको छ । यो अभियानमा नेपाल सरकारको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रधानमन्त्रीले बागमति सफाई अभियानले देशको राजनीतिलाई सफाई गर्न ठूलो प्रेरणा मिलेको भन्दै नेपालीहरुको राष्ट्रिय पहिचानको अभियानका रुपमा यसको विकास हुँदै गरेकोमा अभियानमा सहभागी सबैमा आभार प्रकट गरे ।

भारतीय हस्तक्षेपको विरोध

प्रधानमन्त्री प्रचण्डले वागमती सपfmइ अभियानमा बोल्ने क्रममा भारतको नाम नलिइकन कसैले हस्तक्षेप गर्न खोजे नेपालीहरु जुरुक्कै उठ्ने बताए ।

प्रधानमन्त्रीले भने ‘यो सुन्दर देशका मान्छे कहिल्यै कसैको अधीनमा बस्न चाहेनन्, बरु मर्न चाहे । कहीँ कतैबाट अपमानित गर्ने, हस्तक्षेप गर्ने भयो एकै दिनमा जुरुक्कै उठ्न सक्छन् भन्ने नेपालीहरुले सन्देश दिएका छन् ।’

हेर्नुस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment