Comments Add Comment

गोविन्दा र रविना टन्डन लामो समयपछि एक साथ

बलिउडमा गोविन्दा र रविना टन्डनको जोडी एक ताका निकै चर्चित थियो । तर पछिल्लो दुवैको अत्तोपत्तो छैन ।

लामो अन्तरालपछि गोविन्दा र रविनालाई फेरि एकसाथ देख्न पाइने भएको छ । तर, उनीहरु कुनै चलचित्रका लागि एकजुट भएका होइनन् । उनीहरुको सहकार्य हुन लागेको हो एक अवार्ड शोमा । केही दिनपछि हुने उक्त अवार्ड शोमा उनीहरुले आफ्नो जमानाका चर्चित गीतहरुमा डान्स गर्नेछन् ।

९० को दशकमा गोविन्दा र रविनाको जोडी निकै चम्केको थियो । उनीहरुको डान्सका धेरै दर्शकहरु फ्यान थिए । उनीहरुले नाचेका थुप्रै गीतहरु सुपरहिट पनि भए ।

‘किसी डिस्कोमे जाएँ, अँखियोसे गोलीमारे, बडे मियाँ बडे मियाँ’ जस्ता कयौं सुपरहिट गीतमा डान्स गरेको यो जोडीमा पहिलेको जस्तो जादु छ कि भन्ने भन्ने अवार्ड समारोहमा पक्कै देखिने छ । फिल्ममा चाहिँ उनीहरुलाई फेरि सँगै हेर्न पाइन्छ कि पाइदैन यसै भन्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment