
‘बाहुवली’ चलचित्रकी नायिका तमन्ना भाटिया साउथ चलचित्र बजारमा चर्चित छिन् । साउथकी सुपरस्टार तमन्नाले दर्जनौ हिट चलचित्र पनि दिएकी छिन् । उनै, तमन्नाले आजसम्म चलचित्रको पर्दामा नायकसँग चुम्बनको दृश्य गरेकी छैनन् । उनले चलचित्रमा काम गर्नु अगाडि नै संझौता पत्रमा चुम्बन दृश्य नराख्ने सहमती गरेकी हुन्छिन् ।
तर, तमन्नाले बलिउडका एक नायकका लागि भने आफ्नो यो संझौता तोड्ने बताएकी छिन् । उनले भनिन्–‘म ऋतिक रोशनको निकै ठूलो फ्यान हुँ । एकपटक उनलाई भेट्दा म निकै नै डराएकी थिएँ । ऋतिकलाई भेट्दा म आफूलाई १६ बर्षकी किशोरी महशुश गर्छु ।’
तमन्नाले भनिन्–‘कहिलेकाही म मेरा साथीहरुसँग रमाइलो गर्दै भन्ने गर्छु कि, मैले ऋतिक रोशनसँग काम गर्न पाएको खण्डमा चुम्बन नगर्ने सहमती तोडिदिन सक्छु ।’ कंगना यतिबेला आफ्नो नयाँ चलचित्र ‘महालक्ष्मी’को रिलिजको तयारीमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4