Comments Add Comment

इनारमा भेटियो शव

२९ फागुन, भक्तपुर । चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ ।

करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिए ।

घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment