Comments Add Comment

ललितपुर महानगरपालिकामा प्रचण्ड र कमल थापाको उपस्थिति

आजैबाट देशैभरिका स्थानीय तहले काम गर्न थालेको घोषणा

१ चैत, काठमाडौं । ललितपुर महानगरपालिका मंगलबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा बत्ति बालेर महानगरपालिका कार्यान्वयनमा आएको सुभारम्भ गरेका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापासमेत सहभागी भए ।

उक्त समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले देशभरको कार्यालय आजबाट सेवाप्रारम्भ गरेको घोषणा गरेका हुन् ।

उनले नयाँ संरचनामा जाँदै गर्दा केही अप्ठेरापन आउनसक्ने तर्फ सचेत गराउँदै सबैको सहयोगको अपेक्ष गरेका छन् । उनले आगामी निर्वाचनबाट आउने जनप्रतिनिधीलाई सवल, स्वच्छ र सुदृढ स्थानीय तह हस्तान्तरण गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सोही अवसरमा शुभकामना मन्तव्य दिँदै मुख्यसचिव सोमलाल सुवेदीले स्थानीय तहमा राम्रा र सक्षम प्रतिनिधी छान्ने अवसरलाई ध्यान दिन आग्रह गरेका छन् । लामो संघर्षपछि प्राप्त उपलब्धी भन्दै उनले स्थानीय तह कार्यान्वयनमा आएकोमा खुशी व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री कमल थापाले यो सामान्य घटनामात्रै नभएको र केनद्रको अधिकार गाउँमा पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment