Comments Add Comment

सवारी नियम मिच्नेविरुद्ध यातायात विभाग आक्रामक, थाल्यो अनुगमन


२ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले विभिन्न राजमार्गमा नियम उल्लंघन गर्दै सवारी चलाउनेविरुद्ध अनुगमन थालेको छ । मंगलबार बीपी राजमार्गमा सवारी यातायात व्यवस्था ऐन मिचेर चलाईएका गाडीहरुलाई विभागले कारवाही गरेको छ ।

विभागको टोलीले मंगलबार बिपी हाइवेमा २५ भन्दा बढी सवारीलाई कारवाी गरेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।
बिपी हवाइवेमा सवारी नियम उल्लंघन गर्ने मिनी बस, माइक्रोब र सुमोका चालक कारबाहीमा परेका हुन् । ‘अनुगमनमा धेरै सवारीले ट्राफिक तथा सवारी नियम नमानेको भेटियो’ प्रवक्ता डा. पाण्डेले भने ।

बढी भाडा लिने १५ वटा सवारी कारवाहीमा परेका छन् । बिपी राजमार्गमा रुट परमिट नलिएर पनि सवारी चलाएको पनि भेटिएको छ । ५ वटा सवारीलाई विभागले मंगलबार कारवाही गरेको छ ।

कागजात नभएका दुई, नम्बर प्लेट नभएको, यात्रुलाई टिकट नदिने र क्षमताभन्दा बढी यात्रु बोक्ने एक÷एक वटा सवारी पनि कारवाहीमा परे ।
विभागले सवारी नियम उल्लंघन गर्नेलाई ५ हजार रुपैयाँसम्म जरिवना गरेको छ । बढी भाडा उठाउने सवारीको संख्या धेरै भेटिएकाले अन्य राजमार्गमा पनि अनुगमन केन्द्रित गरिने प्रवक्ता पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment