Comments Add Comment

महँगी ०.१ प्रतिशत बिन्दुले वृद्धि, ३.३ प्रतिशतमा सीमित


३ चैत, काठमाडौं । राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको ७ महिनासम्मको देशको आर्थिक प्रतिवेदन अनुसार पुसको तुलनामा माघमा महँगी शून्य दशमलब १ प्रतिशतले बढेर ३.३ प्रतिशत पुगेको छ । पुसमा भने यो दर ३.२ प्रतिशत रहेको थियो ।

खाद्यान्नको मूल्य वृद्धिदर भने ०.२ प्रतिशतले ऋणात्मक रहेको छ । घ्यु, तेल, दलहन र गेडागुडी, माछा-मासु, खाद्य तथा खाद्यजन्य पदार्थ, तरकारीको मूल्यवृद्धि दर ऋणात्मक भएको हो । काठमाडौंमा सबैभन्दा कम १.१ प्रतिशत मूल्य वृद्धिदर रहेको तथ्यांकमा उल्लेख छ । भारतमा भने मूल्य वृद्धिदर ३.७ प्रतिशत रहेको छ ।

रेमिट्यान्स आउने क्रम घटेपछि र देशमा आयात बढेपछि देशको बचत (शोधानान्तर बचत) घट्न गएको छ । पुसमा रेमिट्यान्स भित्रने दरमा ५.७ प्रतिशतले वृद्धि भएकोमा माघमा भने मात्रै ५.२ प्रतिशतको वृद्धि छ । यो अवधिसम्ममा ३ खर्ब ९४ अर्ब रुपैयाँ रेमिट्यान्सको रुपमा भित्रिएको छ । यता, शोधानान्तर बचत भने ३६ अर्ब ९७ करोडमा सिमित भएको छ । पुसमा यस्तो बचत ४५ अर्ब रुपैयाँ रहेको थियो ।

यता, वस्तु आयात उच्च दरले बढेको कारण चालु खाता पनि रु. १० अर्ब ६६ करोडले घाटामा गएको छ । त्यस्तै, बिदेशबाट नेपाल तर्फ हुने बस्तु आयात भने ६७ प्रतिशतले बढेर ४ खर्ब ६४ अर्ब पुगेको छ । यता, सरकारको खर्च बढ्न नसक्दा राष्ट्र बैंकमा सरकारको २ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment