Comments Add Comment

नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्षमा महर्जन


६ चैत, काठमाडौं । नेपाल सुन चाँदी रत्न तथा आभुषण महासंघको अध्यक्ष रमेश महर्जन चुनिएका छन् । महासंघको चौथो वार्षिक साधारण सभा एवं दोश्रो राष्ट्रिय सम्मेलनले महर्जनसहित विशिष्ट सदस्यमा सुरेश मान श्रेष्ठ, प्रथम उपाध्यक्षमा रुद्र बहादुर बराइली, द्घितीय उपाध्यक्षमा महेश मान श्रेष्ठ, तृतिय उपाध्यक्षमा अमरनाथ गुप्ता र महासचिवमा कृष्ण लाल महर्जन चयन गरेको हो । सम्पूर्ण कार्यसमितिको निर्बिरोध चयन गरिएको हो ।
कार्यसमितिको सचिवमा राजमान सुनार  र किसान सुनार, कोषाध्यक्षमा द्घारिका विश्वकर्मा , सहकोषाध्यक्ष जयराम पाण्डे सहित अन्य १६ सदस्य रहेका छन् ।
महासंघको राष्ट्रिय सम्मेलनले सुनको आपूर्ति एवं वितरणलाई प्रादेशिक रुपमा विकेन्द्रित गरिनु पर्ने, बहुमूल्य गहनाको उत्पादन, कारोबार तथा नियमनलाई निश्चित मापदण्ड अन्तर्गत ल्याउन अविलम्ब निर्देशिका जारी हुनुपर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment