Comments Add Comment

सप्तरीका सबै स्थानीय तहमा मधेसी मोर्चाको तालाबन्दी


६ चैत, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीले जिल्लाको सम्पूर्ण स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेको छ ।  मोर्चाका नेता कार्यकर्ताहरुले सप्तरी जिल्लामा बनाइएको १६ वटै स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।

यसअघि जिल्ला समन्वय समिति र राजविराज नगरपालिकामा ताला लगाएका मोर्चा नेता कार्यकर्ताले बाँकी स्थानीय तहमा ताला लगाएका हुन् । हरेक स्थानीय तहका कार्यालय प्रमुखको कार्यकक्षमा ताला लगाइएको मोर्चा संयोजक दिनेश यादवले जानकारी दिए ।

मोर्चाले नौबुँदे माग अघि सार्दै हरेक स्थानीय तहमा ताला लगाएको हो । मोर्चाले ताला लगाउनुपरेको कारणसहितको ब्यानर सम्बन्धित कार्यालयहरुमा टाँसेको छ ।

परिमार्जनसहित संविधान संशोधन गर्नुपर्ने, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक गरिएकाले यसलाई सच्चयाउनुपर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहत राख्नुपर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघिय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने माग मोर्चाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment