Comments Add Comment

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

१२ चैत, काठमाडौं । बंगलादेशमा हुने एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले टोलीलाई बिदाई गरे । उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न शुभकामनासमेत दिए ।

उनले नेपाल क्रिकेट संघ क्यानको निलम्बनपछि खेलाडीहरुले पाउन बाँकी तलब र भत्ता चाँडै उपलब्ध गराउने प्रतिबद्धता बिदाई कार्यक्रममा व्यक्त गरे ।

नियमित टोलीका चार सदस्यको अनुसपस्थितिमा नेपालले टेष्ट खेल्ने राष्ट्रका टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । नियमित कप्तान पारस खड्का, शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीले प्रतियोगिता खेल्ने छैनन् भने फाष्ट बलर करण केसी पनि बिरामी छन् ।

यस्तो अवस्थामा नेपालको कप्तानीको जिम्मेबारी ज्ञानेन्द्र मल्लले निर्वाह गर्नेछन् । अभिनाश कर्ण र दिपेश श्रेष्ठले टिममा स्थान बनाएका छन् ।

कप्तान मल्लले युवा खेलाडीहरुको बर्चश्व रहेको प्रतियोगितामा अनुभवका साथै उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलको रुपमा सोमबार पाकिस्तानको यु २३ टिमसँग खेल्नेछ । त्यस्तै मंगलबार बंगलादेश यु २३ र बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

चार टेष्ट र चार एशोसियट मुलुकका टोलीहरुलाई दुई समूहमा बिभाजन गरी प्रतियोगिता खेलाइएको हो ।

तस्वीरः कमल प्रसार्इं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment