Comments Add Comment

ट्रलीमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

१३ चैत, कैलाली । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कैलालीको चौमालामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा साढेपानीका प्रकाश चौधरी, हरिनारायण चौधरी, रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ ।

शनिबार साँझ भएको दुर्घटनापछि उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । रामलाल चौधरीको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारामा बिग्रिएर रोकिराखेको लु ३ प ५०३२ नम्बरको ट्रलीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment