Comments Add Comment

दुर्घटनामा दुईको मृत्यु, एक जना गम्भीर घाइते

१४ चैत, चितवन । चितवनको खैरहनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति बसले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकाहरुको पहिचान हुन सकेको छैन । दुर्घटनामा घाइते भएका रत्ननगर नगरपालिकाका जोसेफ दराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  छ । दराई मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमै सवार अर्का व्यक्तिको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment