Comments Add Comment

हात कहाँ हेराउने थाहा नै छैनः रमिला न्यौपाने


१ सय ५० भन्दा बढी गीतमा स्वर दिएकी गायिका रमिला न्यौपानेको अभिनयप्रति पनि रुची छ । हाँस्य सिरियलमा अभिनय समेत गरेकी रमिलालाई गीत संगीतमै केहि गर्ने मन छ । फेशबुक सार्‍है थोरै चलाउने यी गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
म त पाँच बजे उठिसकेकी हुन्छु ।

उठेपछि ?
उठेपछि मर्निङवाक जान्छु । पाँच बजे हिँडेपछि सात बजे फर्किन्छु ।

मर्निङवाकको फाईदा ?
फ्रेस होइन्छ । एक लट पसिना फालेपछि तन्दुरुस्त भएको महसुस हुन्छ ।

ब्रेकफाष्ट कति बजे हुन्छ ?
आठदेखि साँढे आठ बजेतिर । हल्का ब्रेड र कालो चिया खान्छु ।

आजको कार्यक्रम ?
आज मेरो कुनै कार्यक्रम छैन । दिनभरि घरमै बस्छु ।

घरको काम आफै गर्नुहुन्छ कि अरुलाई लगाउनु हुन्छ ?
घर सफा गर्ने, खाना बनाउने काम म आफैं गर्छु । लुगा धुन अल्छि लाग्छ । लुगा धुने मान्छे बोलाउँछु ।

के गर्दा रमाइलो लाग्छ ?
मलाई त गीत रेकर्ड गर्दा वा स्टेजमा गीत गाउँदा रमाइलो लाग्छ ।

दिक्क के कुराले बनाउछ ?
समयमा काम भएन भने दिक्क लाग्छ । कतिपटक यस्तो पनि भएको छ कि कार्यक्रमको लागि निम्तो आएको हुन्छ । मौसमको कारण फ्लाइट हुँदैन अनि कार्यक्रममा जान पाइदैन । सिमरा र चितवनमा भएको कार्यक्रममा मौसमकै कारण जानवाट रोकिएकी छु ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?
ठिकै । खासै जाँगर लाग्दैन ।

स्कुल पढ्दाका साथीहरु सम्पर्कमा छन् ?
अहँ कोही छैनन् ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
हेराएको छैन । तर, विश्वास नभएर होइन । कहाँ जाने कुन ज्योतिषलाई देखाउने थाह छैन ।

अभिनय गर्ने रहर ?
एक वर्ष त मैले ‘झयाँइकुटी झयाँइ’मा काम गरेँ । अभिनयमा रुची र ज्ञान दुबै छ । तर, अहिले काम गरेकी छैन । आफ्नै केहि गीतमा अभिनय गरेकी छु ।

रमाईलो लागेको ठाउँ ?
विदेशको कुरा गर्दा जापान मन पर्‍यो । आफ्नै देशको कुरा गर्ने हो भने त आफु जन्मेको ठाउँ सिन्धुपाल्चोकको बाँडेगाउँ जस्तो रमाइलो अन्त कतै छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment