Comments Add Comment

मुग्लिन–नारायणगढ सडक खण्डमा ढिस्को खस्दा ४ सवारी पुरिए

फाइल तस्वीर

 

२१ चैत, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको घुमौनेमा पहाडको ढिस्को खस्दा केही सवारी साधन पुरिएका छन् । ४ सवारी साधन पुरिएको बताइए पनि यसको औपचारिक पुष्टि हुन सकेको छैन ।

पुरिएका सवारी साधनमध्ये यात्रुबाहक कार र एक्साभेटरको भने पहिचान खुलेको छ ।
अन्य के के सवारी साधन पुरिएका हुन् भनेर पत्ता नलागे पनि  घटनामा ठूलो मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

ढिस्को सडक निर्माण गर्ने क्रममा खसेको बताइएको छ ।

 

घटनालगत्तै  उद्दारका लागि  सशस्त्र र नेपाल प्रहरी  परिचालन गरिएको छ । प्रहरी टोली दुर्घटना स्थलमा उद्दारका लागि पुगेको छ । ढिस्को खसेपछि आधा घन्टादेखि मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध  छ ।

केही समयदेखि सडक मुग्लिन–नारायणगढ सडक खण्ड निर्माण भइरहेको छ । सडक चौडा पार्न  निर्माण कार्य  तीव्र पारिए पनि सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment