Comments Add Comment

मूल्य घट्दा इँटा व्यवसायी मारमा

२२ चैत धनगढी । इँटाको माग घट्दा खपत हुन नसकेपछि मूल्यमा कमी आएको छ । यससँगै इँटा व्यवसायी मारमा परेका छन् ।

दुई वर्षअघि प्रतिहजारको १३ हजार मूल्य पर्ने इँटा अहिले मूल्य घटेर नौ हजारमा बिक्री गर्नुपरेको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाह बताए ।

‘भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,’ उनले भने ‘भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि व्यवसाय ठप्प भएको छ ।’

व्यवसाय जसोतसो चलाउन र उद्योगमा कार्यरत मजदुरलाई ज्यालासम्म दिन पनि अहिले व्यवसायीले लागत मूल्यमा इँटा बिक्री गर्नुपरेको छ । उत्पादन भएको इँटाको माग घटेपछि यसको बिक्री मूल्यमा निकै कमी आएको अर्का व्यवसायी केशव भट्टदे बताए ।

बैंक तथा वित्तीय संस्थाले घर जग्गा निर्माणमा ऋण दिन बन्द गरेकाले पनि निर्माण कार्य अपेक्षित रुपमा हुन नसक्दा इँटाको खपत घटेको बताइन्छ । बैंकले ऋण प्रवाह बन्द गरेपछि व्यवसाय नै सञ्चालन गर्न कठिन भएको भट्टको भनाइ छ ।

केही वर्षयता चिम्नी इँटा उद्योग बढ्दै गएसँगै इँटाको उत्पादन परिमाण बढ्दै गएको छ । कैलालीमा मात्रै करिब ४५ वटा चिम्नी इँटा उद्योग रहेको बताइएको छ । यी प्रत्येक उद्योगले वार्षिक ३० लाखदेखि ३५ लाख गोटा इँटा उत्पादन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment