Comments Add Comment

८८ मिनेटसम्म १-० ले पछाडि तर, ३-१ ले विजयी, टोटनहृयामको उपाधिको सम्भावना कायमै

२४ चैत, काठमाडौं । टोटनहृयामले नाटकीय पुनरागमन गर्दै स्वान्सी सिटीलाई हराएको छ र, प्रिमियर  लिगको उपाधि सम्भावनालाई कायमै राखेको छ ।

स्वान्सीको घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ८८ मिनेटसम्म १-० ले पछाडि थियो । तर, उत्कृष्ट पुनरागमन गर्दै ३-१ को महत्वपूर्ण जित निकालेको थियो ।

खेलमा स्वान्सीले ११ औं मिनेटमा नै रुटलेड्जको गोलबाट अग्रता लिएको थियो । निर्धारित ९० मिनेटको खेल सकिन २ मिनेट मात्र बाँकी छँदा डेल अलीले बराबरी गोल फर्काए । अतिरिक्त समयको पहिलो मिनेटमा नै सन हृयुंग मिनले गोल गर्दै टोटनहृयामलाई २-१ को अग्रता दिलाए ।

चौथो मिनेटमा क्रिष्चियन एरिक्सनले गोल गरेपछि टोटनहृयामले महत्त्वपूर्ण जित सुनिश्चित गर्‍यो ।

यो जितसँगै टोटनहृयामको ३० खेलबाट ६५ अंक भएको छ र, लिगमा ८ खेल बाँकी रहँदा लिग लिडर चेल्सीको अग्रता ७ अंकमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment