Comments Add Comment

सोमबार आएसँगै किन पानी पानी हुन्छन् यहाँका युवतीहरु ?

सोमबारको विषयमा मानिसहरुका विभिन्न खाले धारणाहरु छन् । शनिवार र आइतबार विदा हुने मुलुकहरुमा सप्ताहन्तपछि काममा जानुपर्ने मानिसका लागि यो दिक्कलाग्दो तथा बोझिलो दिन लाग्छ । आइतबार छुट्टी हुने देशका स्कुले विद्यार्थीहरु पनि त्यस्तै अल्छीपनाबाट गुज्रिरहेका हुन्छन् सोमबार ।

उता हिन्दु व्रतवालाहरुका लागि यो शिव उपासनाको दिन हुन्छ । तर मध्य युरोपेली देश पोल्याण्ड, चेक गणराज्य तथा पूर्वी युरोपको देश युक्रेनमा भने सोमबार अलग महत्व छ । युक्रेनका तन्नेरही त्यस विशिष्ठ सोमबार युवतीहरुमाथि पानी खन्याएर शिरदेखि पाउसम्म भिजाइदिन्छन् ।

इशाई धर्म मुख्य धर्म बनेसँगै त्यहाँ वेट मन्डे अर्थात् ओसिलो सोमबारलाई एउटा पर्वकै रुपमा लिइयो ।

वेट मन्डेको सम्बन्ध पाप पखाल्नुसँग छ । इस्टरको दिन केटाहरु बोतल तथा बाल्टीनमा पानी भरेर केटीहरुलाई पछ्याउँछन् अनि फेला पार्ने बित्तिकै केटीहरुको जिउमा पान खिन्याइदिएर निथ्रुक्कै भिजाइदिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment