Comments Add Comment

डिपिएल क्रिकेटमा काठमाडौंले बिराटनगरलाई ८६ रनले हरायो

३० चैत, कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट अन्तर्गत लगातार दोस्रो जित हासिल गर्ने क्रममा काठमाडौं गोल्डेन्सले बिराटनगर किङ्सलाई ८६ रनले पराजित गरेको छ ।

पहिलो खेलमा अत्तरियासँग पराजित भएको काठमाडौंले त्यसयता लगातार दुई जित निकाल्यो । शरद भेषावकरको टोली बिराटनगरले भने पहिलो पराजय ब्यहोर्‍यो ।

सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडाैंले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १७३ रन बनायो । जारी डिपिएलमा यो सहिलेसम्मकै सर्बाधिक स्कोर हो ।

काठमाडाैंका लागि सुमित महर्जनले २७ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ४४ रनको अविजित पारी खेले । स्टार खेलाडी सोमपाल कामीले २० बलमा ३९ रनको बिष्फोटक पारी खेले । कप्तान बसन्त रेग्मीले ३० रन जोड्दा सुभेन्दु पाण्डेले २७ र नरेश बुढायरले १३ रन बनाए ।

बलिङतर्फ बिराटनगरका कप्तान शरद भेषावकरले २ विकेट लिए ।

१७४ रनको लक्ष्य पछ्याएको बिराटनगर १८.५ ओभरमा ८७ रन बनाउँदा अलआउट हुन पुग्यो । बिराटनगरका लागि दिपेन्द्र सिंह ऐरीले ३१ रन बनाएपनि अन्यले उल्लेखनीय रन बनाउन सकेनन् । कप्तान भेषावकरले १३ र जितेन्द्र मुखियाले ११ रन बनाउनुबाहेक बिराटनगरका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ भुवन कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ८ रन दिएर २ विकेट लिए । त्यस्तै सन्तोष भट्टले ३ विकेट लिए भने कप्तान बसन्त रेग्मीले २ तथा सोमपाल कामी र मञ्जीत श्रेष्ठले १/१ विकेट लिए । खेलको म्यान अफ द म्याच सुमित महर्जन भए ।

डिपिएल क्रिकेटमा भोलि पनि दुई खेलहरु हुनेछन् । पहिलो खेलमा धनगढी टिम चौराहा र कञ्चनपुर आइकोनिक तथा दोस्रो खेलमा बिराटनगर किङ्स र सिवाइसी अत्तरिया आमने सामने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment