Comments Add Comment

स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधिक गोष्ठी

१२ अप्रील, बार्सिलोना । स्विट्जरल्याण्डमा विज्ञान तथा प्राबिधि गोष्ठी सम्पन्न भएको छ । स्विट्जरल्याण्ड जस्तै भौगोलिक स्वरूप रहेको नेपालमा बिज्ञान,प्रविधि तथा सीप हस्तान्तरण बिषयमा बृहत छलफल गर्दै गोष्ठी सपन्न भएको हो ।

स्वट्जरल्याण्डस्थित नेपाली दुताबासले पनि सहकार्यमा नेपाल साईनटिफिक एसोसिएशन स्विट्जरल्याण्डको आयोजना गरेको कार्यक्रममा नेपालमा बिभिन्न परियोजना संचालन गरिरहेका साझेदारी सास्थाका प्रतिनिधिहरुले आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

जुरिचमा सम्पन्न गोष्ठी मुलतः विज्ञान र प्रविधिको क्षेत्रमा स्विट्जरल्याण्डबाट नेपालमा पुर्‍याउन सकिने सहयोगको बिषयमा केन्द्रत रहेको थियो ।

यस्तै एसोसिएशनद्वारा हालै काठमाडौंमा सम्पन्न गरेको तीन दिने कार्यशाला गोष्ठीको रिपोर्टसमेत प्रस्तुत गरिएको थियो ।

स्विट्जरल्याण्डका लागि नेपाली राजदुत दीपक धितालको बिशेष उपस्थितिमा तीन फरक/फरक सत्रमा सम्पन्न गोष्ठीको अध्यक्षता क्रमशः रञ्जन मिश्र,राकेश चन्ऽ प्रजापति र सौरभ सुबेदीले गरेका थिए ।

नेपालमा बिभिन्न परियोजना सञ्चालन गरिरहेका साझेदारी सास्था,स्वीस विश्वविद्यालयका प्राध्यापक , वैज्ञानिक,विश्वविद्यालयका विद्यार्थीहरु,गैरसरकारी सास्थाका प्रतिनिधिहरु,स्वीसस्थित बिभिन्न संघसास्थाका प्रतिनिधिहरुको गोष्ठीमा उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment