Comments Add Comment

निर्वाचन १० दिन पछि सार्न काँग्रेसलाई जिल्ला सभापतिको दवाव

२ बैशाख, काठमाडौं । सत्ता साझेदार नेपाली काँग्रेस प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन तोकिएको मिति भन्दा १० दिन पछि सार्न पार्टी नेतृत्वलाई दवाव दिएका छन ।

मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै आएका उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।

प्रदेश नम्बर दुईका पार्टीका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिवार पार्टी कार्यालय सानेपामा जारी छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउदा पार्टी र देश दुवैका लागि हित हुने धारणा राखे ।

निर्वाचन भने एकै चरणमा सम्पन्न गर्नुपर्नेमा आफूहरुले जोड दिएको नेता रमेश रिजालले जानकारी दिए ।

नेपाली काँग्रेसका मधेश केन्दि्रत नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन ।

सरकार भने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै बरु २ चरणमा गर्न लचिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment