Comments Add Comment

श्रीमानलाई फिल्म नखेलाएपछि सलमानसँग बहिनी रिसाइन्

बलिउड अभिनेता सलमान खानसँग उनकी बहिनी अर्पिता शर्मा रिसाएकी छिन् । रिसाउनुको कारणले सलमानले उनीलाई दिएको बचन पुरा नगर्नु ।

समाचारअनुसार अर्पिताका पति आयुष शर्मा एउटा अभिनेताका रुपमा बलिउडमा डेब्यू गर्न चाहन्छन् । सलमानले उनलाई आफ्नो प्रोडक्सनको कुनै फिल्ममा लन्च गर्ने बचन दिएका थिए । तर अहिलेसम्म गरेनन् । त्यसैले अर्पिताको पारो तात्न थालेको हो ।

त्यसो त आयुषलाई थुप्रै निर्माताहरुले आफ्नो फिल्ममा अफर गरिरहेको बताइएको छ । बिहेको तीन महिनापछि नै उनलाई एउटा फिल्म प्रोडक्सनले आफ्नो आगामी फिल्ममा प्रमुख भुमिका निभाउन अफर गरेको थियो । तर आयुषले त्यसलाई टारिदिए ।

त्यसपछि उनी अभिनय तथा फिल्ममेकिङको विषयमा ज्ञान हासिल गर्न सलमान अभिनि फिल्म ‘बजरंगी भाइजान’को सेटमा जान थाले । अनि उनलाई सलमानकै अर्को फिल्म ‘ट्यूबलाइट’ को प्रोडक्सन टिममा सामेल गरियो । यति गरेपछि आयुषले आफू डेब्यूका लागि पूर्णरुपमा तयार भएको ठानेका थिए । केवल सलमानको हरियो बत्तिको प्रतिक्षामा थिए । तर, सलमानले उनको वास्तै गर्न छाडिदिए ।

३० वषिर्य आयुष एक व्यापारी हुन् र राजनीतिक परिवारका व्यक्ति हुन् । उनका बुवा अनिल शर्मा हिमाञ्चल प्रदेश सरकारका मन्त्री हुन् । यसका अलावा उनका हजुरबुवा सुखराम शर्मा पनि राजनीतिमा स्थापित नाम हो । अर्पिता र आयुषको बिहे २०१४ मा भएको थियो । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment