Comments Add Comment

मेन्टेन नगरेकी करिश्मालाई जब गीत हिट हुन्छ भन्ने लोभ पलायो…

नायिका करिश्मा मानन्धर अहिले पढाइमा व्यस्त छिन् । उनी, यहीकारणले पनि सार्वजनिक कार्यक्रममा पुगेको देखिदैन । यसपटक उनले आफ्नो पढाइका कारण होली विशेष कार्यक्रम समेत आयोजना नगर्ने भएकी छिन् । उनै, करिश्मालाई ठूलो पर्दामा मुख्य नायिकामा अफर आउन छाडेको केही बर्ष भैसकेको छ । अहिले उनी चलचित्रको गीतमा मात्र देखिएर पनि हिट हुने सोचमा छिन् ।

चलचित्र ‘जात्रै जात्रा’मा समावेश ‘माया पिरिम’ बोलको गीतमा नृत्य गर्नका लागि अफर आउँदा उनी गर्ने मुडमा थिइनन् । उनले भनिन्–‘मैले केही महिनादेखि मेन्टेन पनि गरेकी थिइनँ । तर, जब गीत सुनेँ, त्यसपछि त लाग्यो, यो गीत त हिट हुन्छ । म त जस्तो देखिएपनि एक सिनमा भएपनि आउनैपर्छ । यसकारण मैले गरेकी हुँ ।’ करिश्माले अगाडि थपिन्–‘गीत निकै राम्रो हुन्छ तर भिडियो कमजोर हुन्छ । तर, यो गीतमा निकै मिहिनेत देखिएको छ ।’

करिश्मालाई गीत हिट हुन्छ भन्ने लागेपछि आफू पनि हिट हुने सोच पलाएको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment