+
+
Shares

नम्रतालाई ‘समर लभ’ लागेन, ‘समर’ लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २३ गते ११:३९

गर्मी महिना लागेसँगै मानिसहरु उत्साहित हुन्छन् । बाक्लो कपडा लगाउन नपर्ने, स्विमिङ पूलमा रमाउन पाइने विविध कारणले गर्दा पनि गर्मी धेरैका लागि प्रिय छ । अझ, नेपाली चलचित्रका नायिकाहरुका लागि त गर्मी महिना विशेष नै छ । कार्यक्रममा पहिरन पनि रोजेर लगाउन पाइने भएकाले पनि नायिकाहरु गर्मीको प्रतिक्षा खुबै गर्छन् । गर्मी महिनामा स्विमिङ पूलमा रमाएका नायिकाहरुको हट तस्बिर पनि सामाजिक संजाल र मिडियामा भाइरल नभएका होइनन् ।

नायिका नम्रता सापकोटालाई पनि गर्मी महिनाको प्रतिक्षा खुबै छ । उनी, ‘गर्मी महिना आउँदैछ’ भन्दै हट बनेकी छिन् । गर्मी महिनामा नम्रताका खुलेका तस्बिर सामाजिक संजाल र मिडियामा छाएका थिए । नम्रताले इन्स्टाग्राममा लेखेकी छिन्–‘समर इज अन द वे’ ।

नम्रताको हालैमात्र चलचित्र ‘समर लभ’ रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा खासै राम्रो व्यापार गरेन । तर, नम्रतालाई ‘समर लभ’ले नछोएपनि ‘समर’ले भने छोएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?