Comments Add Comment

मधेसी मोर्चाको सहमतिसँगै राजनीतिमा नयाँ अध्याय शुरु भयोः उपप्रधानमन्त्री थापा

१० वैशाख, विराटनगर । उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले सरकार र मधेसी मोर्चाबीच भएको सहमतिले मुलुकको राजनीतिमा नयाँ अध्याय शुरु भएको बताएका छन् । शनिबार भएको सहमतिले गतिरोध अन्त्य गर्दै राजनीतिक निकास दिने उनको भनाइ छ ।

आइतबार विहान बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले मुलुकलाई निकास दिन सहमतिलाई सबै दलले इमान्दारीताको साथ कार्यान्वय गर्नु पर्ने बताए । यो सहमतिले आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरु पनि राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउने उनले बताए ।

सरकार र मधेसी मोर्चाबीच भएको सहमतिलाई कार्यान्वयन गर्न एमालेलाई पनि साथमा लिएर अघि बढे संविधान कार्यान्वयनसँँगै शान्ति स्थायीत्व प्रजातन्त्रको सुदृढीकरण र विकासमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

राप्रपा अध्यक्ष समेत रहेका थापाले दुई चरणमा निर्वाचन गर्दा निर्वाचन आयोगसँग परामर्श गरेर कुन प्रदेशको कुन मितिमा हुने भन्ने निर्धारण गरिने बताए ।

एक अर्को प्रसंगमा थापाले नयाँ शक्तिलगायतका दलहरुको चुनाव चिन्हका विषयमा निवाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएर व्यवहारिक रुपमा उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment