Comments Add Comment

मासुमा देखिने सेता धर्सा खानयोग्य कि अयोग्य ?

हाम्रो भान्सामा पाक्ने मीठो परिकार हो, मासु । तर मासु सेवनगर्नुअघि केहि कुरामा ख्याल गर्नुपर्छ । किनभने मासु खरिद गर्दा हामी त्यो कति स्वस्थ्य छ भनेर खासै जाँच गर्दैनौं । जथाभावी वध गरेको, रोगी पशु, अस्वस्थ्यकर ढंगले भण्डारण गरेको मासु विषाक्त हुन्छ । त्यसबाहेक मासुको रंग, प्रकृतिबाट पनि त्यसको गुणस्तरबारे थाहा पाउन सकिन्छ ।

मासुको सेतो धर्सा

हामीले मासु खरीद गर्दा प्रायः त्यसमा सेता-सेता धर्सा देख्ने गर्छौ । यस्तो धर्साले के जनाउ दिन्छ ? मासु खान योग्य वा अयोग्य ?

‘कम्प्यासियन इन वल्र्ड फार्मिङ्ग’ नामक अमेरिकी च्यारिटील जारी गरेको एक भिडियो अनुसार कुखुरा लगायतका चराचुरुङ्गीको मासुमा देखिने त्यस्ता धर्साले कुुुखुरामा मांसपेशी सम्बन्धि विकार भएको इंगित गर्छ ।

यस्ता मासुले खानै नहुने त होइन । तर ती कुखुरा कुन परिवेशमा हुर्केका हुन् भनेर यसले अवश्य दर्शाउँछ । अझ भनौ यस्ता सेता धर्साले मासुलाई गुणस्तरहीन बनाउनुका साथै मासुमा बोसोको मात्रा २ सय २४ प्रतिशत सम्म बढाउँदछ ।

विभिन्न औषधीको माध्यमद्धारा कृषकहरुले छोटो समयमा नै कुखुराको तौल बढाएसँगै सेतो मासुमा यस्ता धर्सा देखिन थाल्छ । परिणाम स्वरुप यस्ता मासुमा बोसोको मात्रा अधिक हुने गर्दछ ।

अमेरिकाको नेशनल चिकन काउन्सिलका अनुसार कुखुरा पालक किसानलाई छ पाउण्डको एउटा कुखुरा बजारमा पुर्‍याउन जम्मा ४७ लाग्दछ । सन् ५० को दशकताका जम्मा तीन पाउण्डको कुखुरा बजारमा निर्यात गर्न झण्डै ७० दिन लाग्दथ्यो ।

सन् २०१६मा कर्कान्सास विश्वविद्यालय तथा टेक्सास ए एण्ड एमले संयुक्त रुपमा गरेको एक अध्ययनले पछिल्ला केही वर्षहरुमा सेता धर्सायुक्त मासु बजारमा अत्याधिक भएको निष्कर्ष निकालेको थियो ।

त्यसैगरी, वैज्ञानिकहरुले २ सय ८५ चराहरुमा गरेको एक अनुसन्धानका क्रममा करिब ९६ प्रतिशत मासुमा सेता धर्सा भएको फेला पारेको थियो । यस्ता मासु कडा, बेस्वाद तथा सजिलै मसाला नलाग्ने खालको हुन्छ । यद्यपी भिटामिन बी १२, आइरन तथा प्रोटिनले भरिपूर्ण यस्ता मासुले त्यसको स्वादलाई असर पार्न बाहेक स्वास्थ्यमा खासै नकारात्मक असर पार्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment