Comments Add Comment

गल्कोट समाज युएईद्वारा मुटु रोग पीडित खड्कालाई आर्थिक सहयोग

२६ अप्रील, युएई । विगत दुई वर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा-३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईले उपचारका लागि ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भारत, काठमाडौं र पोखराका अस्पतालहरुमा उपचार गरिएको र उनको घरको आर्थिक स्रोतले उपचार गर्न सक्ने अवस्था नभएपछि समाजले सहयोग गरेको हो ।

उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो ।

खड्काको उपचारका लागि लालबहादुर खड्काले ५००, गम भण्डारीले १८०, गोरख खड्का १००, कर्णबहादुर खड्का १००, कृष्ण भण्डारी १०१, यामबहादुर खड्का १००, सागर शर्मा १००, लिलाबहादुर थापा ७५, निर्दोष खत्री ६५, धन श्रीस ५०, पुष्पराज महतो ३० र कमल खत्रीबाट ३० दिराम सहयोग भएको हो ।

सहयोग रकम युएईबाट समाजले सोही गाउँमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवी जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो ।

पीडितको घरमा श्रीमति २ छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको खड्काका आफन्तले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment