Comments Add Comment

छोराछोरीको मोबाइलमा नाङ्गो फोटो आउँदा बाबुआमालाई एलर्ट !

आजकाल इन्टरनेटमार्फत अश्लिल सामग्रीसम्म पुग्न बालबालिकाहरुलाई कत्ति बेर लाग्दैन । आमाबाबुहरुका लागि यो चिन्ताको विषय रहँदै आएको छ । तर, हालै आएको एउटा एपले केही राहत दिनेछ ।

यदि कुनै बच्चाको मोबाइल वा कम्प्युटरमा अश्लिल तस्वीर आयो र बच्चाले त्यसलाई क्लिक गर्‍यो भने यो एपले आमाबाबुलाई सतर्क गराउनेछ । ‘ग्यालरी गार्डियन’ नामको यो एपका कारण बच्चाहरु अश्लिल सामग्रीमा क्लिक गर्न डराउनेछन् ।

यदि बच्चाहरुले आफ्नो फोनमा यस्ता तस्वीरहरु सेभ गरे भने एपले आमाबुवाको मोबाइलमा एलर्ट पठाउनेछ । यिपो टेक्नोलोजीका संस्थापक डेनियल स्कोवान्सकीले यो एप बुझ्न एकदम सजिलो रहेको बताए ।

यदि तस्वीरमा कुनै व्यक्ति भएमा एपले सबैभन्दा पहिले उसको पहिचान गर्नेछ । त्यसपछि यसले छालालाई हेर्नेछ । यदि तस्वीरमा छालाको अंश बढि छ भने त्यसलाई अश्लिलमा गणना गर्नेछ । यस दौरान उक्त तस्वीर संदिग्ध हो कि होइन भनेर एपले सनाखत समेत गर्नेछ ।

बीबीसीले एपको परिक्षण गरेर हेरेको थियो कि साँच्चिकै यसले काम गर्छ कि गर्दैन । परिक्षणमा धेरै कुरा बाहिर आए । कुनैकुनै तस्वीरलाई भने यो एपले पहिचान गर्न सकेन । यद्यपि शरीरको केही हिस्सालाई भने एपले समात्न सफल भयो ।

डेनियलले यस एपको पुरा जोड छालामा रहेको बताएका छन् । उनका अनुसार एपले गुप्तांगको पहिचान सजिलै गर्छ ।

यो दाबीका आधारमा बीबीसीले १० वटा कामूक तस्वीरलाई परिक्षण गर्‍या, जसमध्ये १२ वटा तस्वीरलाई एपले पहिचान गर्‍यो तर, ८७ वटालाई गर्न सकेन । जबकी एपले ९६ प्रतिशत तस्वीरलाई पहिचान गर्ने कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment