Comments Add Comment

सर्बाधिक पुरस्कार राशीको अत्तरिया कप महिला क्रिकेटको तयारी पूरा

 

१८ बैशाख, कैलाली । आगामी वैशाख २१ गतेदेखि कैलालीको अत्तरीयामा आयोजना हुने सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

युनाईटेड अत्तरीया स्पोर्टस क्लवको आयोजनामा हुने प्रतियोगितामा विभागीयसहित देशभरका ६ टोलीहरुले सहभागिता जनाउनेछन् ।

अत्तरीया युनाईटेड स्पोर्टस क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आगामी बिहीबारदेखि सुरु हुने महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु पूरा भएको क्लवका अध्यक्ष रवि खनालले जानकारी दिए ।

महिला क्रिकेट प्रतियोगिताहरु नभइरहेको अवस्थामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।

अत्तरिया स्थित एपीएफको क्रिकेट मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान भोड्का रहेको छ । प्रतियोगितामा भाग लिने ६ वटा टोलीहरुलाई दुई समुहमा विभाजन गरी खेल तालिका सार्वजनिक गरिएको छ ।

समूह ए मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छ भने समूह बी मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाण्डौ र वारा क्रिकेट एकेडेमी रहेका छन ।

वैशाख २६ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापा भिड्ने भएको छन । .

करिब २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगिताको विजेतालेे २ लाख रुपैयाँ र उपविजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट ब्याट्सवुमन, बलर र विकेटकिपरले १०/१० हजार पुरस्कार पाउनेछन् । प्रत्येक खेलको वुमनन अफ द म्याचले ३ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment