Comments Add Comment

वागी उम्मेदवारलाई निस्कासन गर्ने कांग्रेसको चेतावनी

२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसले वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन र आधिकारिक उम्मेदवारहरुलाई जिताउन निर्देशन दिएको छ । निर्देशन नमान्नेहरुलाई पार्टीबाट निस्कासन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर निर्वाचन आयोगले तोकेको समयभित्रै वागी उम्मेदवारी फिर्ता लिन भनेका छन् । आयोगले उम्मेदवारी फिर्ताको समय बिहीबार दिउँसो एक बजेदेखि पाँच बजेसम्म तोकेको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता बागी उम्मेदवार र नीजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयअनुसार जानकारी गराइन्छ ।’

ललितपुरको मेयरमा कांग्रेसका प्रेमलाल महर्जनले वागी उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment