Comments Add Comment

‘गाँस काटेर संकलित रकमले कोरियामा साहित्यिक सम्मेलन गर्दैछौं’


मे ५, दक्षिण कोरिया । नेपाली साहित्यको विकास र संबर्द्धनका लागि अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) कोरिया च्याप्टरले आगामी मे ६ र ७ मा विश्व काव्य गोष्ठी तथा प्रथम एसिया नेपाली साहित्य सम्मेलनको आयोजना गरेको छ । नेपाली साहित्यमा रुचि राख्ने तथा साहित्यमा विशेषज्ञता हासिल गरेका विभिन्न देशका साहित्यकारहरुको जमघट हुने उक्त साहित्य सम्मेलन कोरियाको नेपाल हाउस दोङ्देमुनमा आयोजना हुँदैछ । विश्व काव्य गोष्ठी तथा प्रथम एसिया सम्मेलनको उद्देश्य, तयारी र अनेसासका गतिविधिमा केन्द्रित रहेर अनेसास कोरिया च्याप्टरका अध्यक्ष कृष ‘गुल्मेलीबाबु’सँग अनलाइनखबरका लागि गरिएको कुराकानीको अंश:

अनेसासले गर्न लागेको विश्व काव्य गोष्ठी तथा साहित्य सम्मेलनको तयारी कहाँसम्म पुग्यो ?

अनेसास भनेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो । अनेसासको केन्द्रीय कार्यालय अमेरिकामा छ । प्रवासमा रहेका नेपाली साहित्यिक मनहरू मिलेर नेपाली भाषा,साहित्यलाई विकास गर्ने उद्देश्यले खोलिएको एउटा वृहत् साहित्यिक संस्था हो ।

यस्ता कार्यक्रमहरु युरोपियन देशहरूमा विगतमा धेरैपटक आयोजना भइसकेका छन् । तर, कोरियामा प्रथमपटक हामीले आयोजना गरिरहेका छौं । यो कार्यक्रममा जापान, नेपाल भारत, ताइवान, हङकङ, चीन आदि मुलुकबाट थुप्रै नेपाली साहित्यकारहरूको जमघट हुँदैछ । नेपालबाट डा. खगेन्द्रप्रसाद लुईँटेल, राधेश्याम गुप्ता र राजेन्द्र केसी आउने कार्यक्रम छ । सबैको भिसा र टिकट भइसकेको छ । केही पाउनाहरु कोरिया आइसक्नु भएको छ । केही कोरियाको लागि प्रस्थान गर्ने क्रममा हुनुहुन्छ ।

यहाँसम्म आइपुग्दा के–कस्ता चुनौतीहरु सामना गर्नुपर्यो ?

कोरियामा यो कार्यक्रम प्रथमपटक आयोजना गरेको हुँदा असहज त पक्कै भएको छ । तर, पनि साहित्यको मायाले गर्दा असहजताहरु पनि सहज बन्दै गएका छन् । यो कार्यक्रम सफल हुने पक्का छ । यस कार्यक्रममा धेरै साहित्यकारहरुलाई कोरिया ल्याउन पनि चुनौती थियो । नेपाली साहित्यलाई विश्वमा परिचित गराउन पनि हामीले सानो प्रयास गरेका हौं ।
यत्रो साहित्यिक कार्यक्रममा आर्थिक पक्षलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

संस्थामा आबद्ध सम्पूर्ण साथीहरूमार्फत मासिक रूपमा उठाएको रकमहरू नै यो कार्यक्रमको आधार हो । यही कार्यक्रमलाई नै भनेर रकम उठाइएको छ । संस्था बाहिरका साहित्यिक मनहरूबाट पनि खर्चको लागि सहयोग आएको छ । केन्द्रले पनि आर्थिक सहयोग गरेको छ । सबैको सहयोग र सदीक्षाबाट हामी यहाँसम्म आइपुगेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment