Comments Add Comment

कार्ल्सबर्ग गल्फ सिरिज-२०१७ सुरु


२३ वैशाख, काठमाडौं । कार्ल्सबर्ग गल्फ सिरिज् २०१७ अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको पहिलो एडिशनको सुरुवात आज गोकर्ण फरेष्ट रिसर्टमा भव्यरुपमा भयो । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा हेर्न सकिनेछ ।

३ वटा सिरिज् मध्येको पहिलो सिरिज्को सुरुवात आज भएको थियो भने बाँकी दुई वटा अगष्ट र अक्टोबरमा हुनेछ । आफ्नो होम क्लबहरुको भ्यालिड हृयाण्डीक्याप भएका देशभरिका उदयमान-गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइनेछ । यो सिरिज् ३/४ हृयाण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिने छ ।

यो एडिशन बाहेक कार्ल्सबर्ग गल्फ सिरिज्को दुई वटा एडिशन बाँकी छन् । प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडिहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडिहरुले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् ।

सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ । यसै गरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप-विजेता, ग्रस विजेता, ग्रस उप- विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप-विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरिनेछ ।

गोर्खा बु्रअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले भनेे, “प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कार्ल्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । फेरि एक पटक यो पि्रमियम गल्फ इभेन्टको आयोजन गर्न पाउँदा हामी गौरवान्वित छौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले आफ्नो उत्साह बाँड्दै भनेे, “गल्फ सिजन २०१७ को यो सम्भवतः उत्कृष्ट सुरुवात हो । सन् १९९० देखि नेपालमा गल्फको प्रायोजन गरिरहेको काल्र्सबर्गको र गल्फको नाता दशकौं पुरानो छ ।”

गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यका भन्छन् “गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । तीन वटा सिरिज्मा हुने यो प्रतिस्पर्धा वास्तवमा भन्ने हो भने क्लब लेबलको उदयमान गल्फरहरुको लागि पनि कडा परिक्षा हो । यो गल्फ प्रतियोगिता प्रतिस्पर्धी र सामाजिक उदयमान गल्फरहरुका लागि एक अर्कालाई कडा प्रतिस्पर्धा दिने र रमाइलो गर्ने मौका पनि हो । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment